रूपनी राइडर्स र बिहुल सुपर किंग्स विजयी

हिमालय टाइम्स
Read Time = 4 mins

सप्तरी । सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिगको पाँचौं संस्करणअन्तर्गत शुक्रबार सम्पन्न दुईवटा खेलमा रूपनी राइडर्स र बलान बिहुल सुपर किंग्स विजयी भएका छन् । दिनको पहिलो खेलमा रूपनी राइडर्स विजयी भएको छ । छिन्नमस्ता लायन्सविरुद्ध ५ विकेटको जित दर्ता गर्ने क्रममा रूपनीले १७७ रनको लक्ष्य १९.२ ओभरमा ५ विकेट क्षतिमा भेटायो ।

रूपनीको ब्याटिंङमा प्लेयर अफ द म्याचसमेत घोषित रोहन विकले ८२ रन बनाउनुभयो । उहाँले ५२ बलमा ८ चौका र ४ छक्का प्रहार गर्नुभयो । यस्तै अरनिको यादवले २७, मुकुन्द यादवले २५ तथा विकास दासले २३ रन बनाउनुभयो । रोहन र विकासले ९२ रनको ओपनिङ साझेदारी गर्दै जितको आधार तयार गर्नुभयो ।

यसअघि टस हारेर ब्याटिङ गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १७६ रन बनायो । उसका लागि ओपनर शुभ कंसाकारले प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा ११८ रन योगदान दिनुभयो । उहाँले मात्र ५७ बलमा ८ चौका र ९ छक्का प्रहार गर्नुभयो । कमल खत्रीले १४ तथा हिमांशु दत्ताले १३ रन बनाउनुभयो । रूपनीका बलर मुकुन्द यादवले ३ तथा जितेन्द्र मुखियाले २ विकेट लिनुभयो ।

दिनको दोस्रो खेलमा बलान बिहुल सुपर किंग्सले राजविराज द किंगलाई ८ विकेटले पराजित ग¥यो । राजविराजले दिएको १२५ रनको लक्ष्य बलान बिहुलले १०.३ ओभरमा २ विकेटमात्र गुमाएर भेटायो ।

बलान बिहुलको ब्याटिंङमा प्लेयर अफ द म्याचसमेत घोषित हसिम अन्सारीले सर्वाधिक ५२ रन बनाउनुभयो । अन्सारीले अविजित रहँदै ३१ बलमा ४ चौका र ४ छक्का प्रहार गर्नुभयो । कप्तान पवन सर्राफले ३२, सोनु अन्सारीले २५ तथा रुपेश सिंहले १५ रन बनाउनुभयो । हसिमले सोनुसंग ५५ रनको ओपनिंग साझेदारी गर्नुभयो । दोस्रो विकेटको लागि पवनसँग ४२ रन जोड्दै जितको आधार तयार गर्नुभयो ।

यसअघि टस हारेर ब्याटिंङ गरेको राजविराज द किंगले १९.५ ओभरमा १२४ रन बनायो । उसका लागि अभिषेक कार्कीले सर्वाधिक ३७ रन बनाउनुभयो भने प्रतीक श्रेष्ठले २२, तृतराज दासले १६ रन बनाउनुभयो । बलान बिहुलका बलर रूपेश सिंहले ३ तथा विकास दास, रोविन सिंह र विष्णु मण्डलले २÷२ विकेट लिनुभयो ।

चौथो खेलमा तेस्रो जितपछि रूपनी राइडर्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । समान अंक भए तापनि बजाज खडक वारियर्स नेट रन रेटमा अघि रहँदै पहिलो स्थानमा छ । हारपछि छिन्नमस्ता चार खेलमा चार अंकका साथ तेस्रो स्थानमा छ । यस्तै चौथो खेलमा दोस्रो जितपछि चार अंकसहित बलान बिहुल तेस्रो स्थानमा उक्लेको छ जसको पनि शीर्ष-२ हुँदै फाइनल पुग्ने सम्भावना जिवितै छ । लगातार चौथो हार व्यहोरेको राजविराज द किंग अंकविहीन रहँदै पुछारमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?