समाजवादी मोर्चामा आवद्ध हुन सबै पार्टीहरुलाई माधव नेपालको आग्रह

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै राजनीतिक दलहरुलाई समाजवादी मोर्चामा आउन आह्वान गर्नुभएको छ ।

आईतवार समाजवादी मोर्चामा आवद्ध पार्टी निकटका विद्यार्थी संगठनहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्र र जनताको हितका निम्ति समाजवादी मोर्चामा आउन आह्वान गर्नुभएको हो । उहाँले देशको हीत हुने नीति अवलम्बन गर्न र जनताको चाहना अनुरुपको परिपाटी बसाल्नका निम्ति पनि राजनीतिक दलहरुका बिचमा एकताको आवश्यकता रहेको बताउनु भयो । उहाँले भ्रष्टाचार, अत्याचार, शोषण, उत्पीडन र असमानता हटाउनका लागि एकतावद्ध हुनुपर्ने बताउनु भयो । त्यस्तै भेदभाव, अन्याय र अत्याचारका बिरुद्धमा पनि एक हुनुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘हामी सबैलाई यो मोर्चामा आउनका लागि आह्वान गर्दछौँ । आउनुहोस् बसौँ । नेपाल राष्ट्रका हीतका लागि, नेपाली जनताका हितका लागि, कस्तो–कस्तो नीति अवलम्वन गर्नुपर्छ ? त्यसको निम्ति हामी मिलेर अगाडी बढौँ । देशलाई राम्रो बनाउनका लागि, यो देशमा साँच्चै नेपाली जनताले चाहाना गरे बमोजिम परिपाटी बसिरहेको छ भन्ने कुरालाई देखाउनका लागि पनि, स्थापित गर्नका लागि पनि हाम्रो बीचमा एकताको आवश्यकता छ । अनुचित कुराको हामीले बिरोध गर्ने हो । चाहे त्यो भ्रष्टाचार होस् । चाहे त्यो अत्याचार होस् । शोषण होस् । उत्पीडन होस् । असमानता होस् । भेदभाव होस् । अन्याय, अत्याचार होस् । यि सबैका बिरुद्धमा हामीले एकतावद्ध भएर जुट्नु पर्दछ । यस अर्थमा समाजवाद भनेको समानताको नाम हो । न्यायको परिपाटीको नाम हो । जनताको समृद्धिको नाम हो । यस अर्थमा समाजवादमा प्रत्येक व्यक्तिको व्यक्तित्वलाई उजागर गर्नका लागि, अघि बढाउनका लागि अनुकुल परिवेशहरु निर्माण गरिन्छ । यस अर्थमा पनि हामीले सानै उमेरदेखि यस्तो परिवेश निर्माण गरिनुपर्छ । जहाँ सबैको व्यक्तित्वको विकास गर्ने सबैले अवसर पाउन् सकुन् ।’

उहाँले समानता, समृद्धि र न्यायको नाम नै समाजवाद भएको भन्दै समाजवाद स्थापनाका परिवेश निर्माण गर्न सबै लाग्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?