लुम्बिनी प्रदेशका नवनियुक्त ३ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार गठन गरेको झण्डै एक महिना पछि मन्त्रिपरिषदको कार्य बिभाजन गर्नुभएकाे छ ।

गत बैशाख १४ गते मुख्यमन्त्रीको सपथ ग्रहणसँगै चौधरीले तिनजना विना विभागिय मन्त्री नियुक्त गर्नुभएको थियो । यद्यपी आज बिस्तार गरेको मन्त्रिपरिषद भने अझै अधुरो रहेको छ।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख कार्यालय बुटवलमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिना बिभागीय मन्त्रीहरु समेतको जिम्मेवारी बाडफाँड गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयाे। यो सपथ ग्रहणसंगै लुम्विनी प्रदेशमा मन्त्रीहरुको संख्या ८ पुगेको छ।
मुख्यमन्त्री चौधरीले आज नागरिक उन्मुक्ति पार्टीका धर्म बहादुर चौधरी, नेपाली कांग्रेसका राजु खनाल र जनमत पार्टीका चन्द्रकेस गुप्तालाई मन्त्रीपरिषदमा समावेश गर्दै सपथ ग्रहण गराउनु भएको हो ।

मुख्यमन्त्री चौधरीले यसअघि नै मन्त्री बनेका नेकपा माओवादी केन्द्रका धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालय, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

त्यस्तै आज मात्रै समेटीएका नेपाली कांग्रेसबाट प्रदेश उपसभापति राजु खनाललाई स्वास्थ्य मन्त्रालय, जसपाबाट मन्त्री बनेका भण्डारीलाल अहिर यादवलाई कृषि मन्त्रालय र जनमतबाट समेटीएका चन्द्रकेश गुप्तालाई सामाजिक बिकास मन्त्रालयको जिम्मेवारी दिनुभएकाे छ ।  जसपाका यादव र गुप्ता एमाले नेता लिला गिरी नेतृत्वको मन्त्रिपरिषदमा तिनै मन्त्रालयको जिम्मेवारी लिनुभएको थियो ।

माओवादी केन्द्र भित्रको किचलोले लुम्बिनी प्रदेश सरकारले यसपटक पनि पुर्णता पाउन सकेन। माओवादीमा यसअघि समेत सरकारमा सहभागी बनाएर पठाईएकी केसीले रोजेको मन्त्रालय नपाउँदा सूरु गरेको बिवाद तन्काउदै गएको कारण माओवादीका अन्य २ जना सांसद समेत मन्त्री हुनबाट रोकिएका छन्।

केसीले भौतिक पुर्वाधार मन्त्रालयमा दावी गर्दै आउनु भएको छ सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मुख्यमन्त्री सहित ४, नेकपा माओवादी केन्द्रलाई ३ र अन्य ६ दलका लागी ४ मन्त्रालय दिने गरी नेपाली कांग्रेस र माओवादी केन्द्रबीच यसअघि नै सहमती भईसकेको थियो। कांग्रेसका डिल्ली चौधरी नेतृतव सरकारलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीनरतीन जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एकरएकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?