कुमारीलाई अन्नपूर्ण केबलकारमा सहुलियत

Read Time = 1 min

काठमाडौं । कुमारी बैंक र पोखरास्थित अन्नपूर्ण केबलकारबीच कुमारी बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट कार्ड वा पोसबाट गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । सो सम्बन्धी सम्झौतापत्रमा कुमारी बैंकका गण्डकी प्रदेशका प्रमुख नवीनराज पौडेल र अन्नपूर्ण केबलकारका महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?