गुल्मी पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ। 'स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागीता, पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला हाम्रो प्रतिबद्धता' भन्ने मुल नारासहित शुक्रबार एक कार्यक्रमबीच यस जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा गरिएको हो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय तथा प्रदेश खोप समन्वय समितिका सदस्य सचिव डाक्टर विनोदकुमार गिरीले जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चतता भएको प्रमाणपत्र समन्वय प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका प्रमुख द्रोण बहादुर खत्रीलाई प्रदान गर्नुभयो ।

जिल्लामा १५ महिनासम्मका बालबालिकाहरुले लगाउनुपर्ने सम्पूर्ण खोपहरु पूरा भएपछि जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा गरिएको बताइएको छ । १६ देखि २३ महिना उमेर समुहका बालबालिकाले १५ महिना उमेर सम्मका बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पूर्ण खोप प्राप्त गरेकाले घोषणा गरिएको बताईएको हो ।

फागुन १ गतेदेखि फागुन मसान्तसम्मको सर्वेक्षणमा यस जिल्लामा १६ देखि २३ महिनाका उमेर समुहका दुई हजार ६१४ बालबालिकाहरुले खोप प्राप्त गरेका छन् । त्यस कार्यक्रममा पूर्ण खोप प्रक्रिया वस्तुस्थिति सम्बन्धि प्रतिवेदन जिल्ला खोप समन्वय समिति सदस्य सचिव पशुपति आचार्यले प्रस्तुत गर्नुभयो ।

गुल्मी जिल्ला वि.सं.२०७१ चैत ३० गते तत्कालीन ७५ जिल्ला मध्ये ७ ओैँ जिल्लाको रुपमा पूर्ण खोप घोषणा गरिएको जिल्ला हो । त्यसपछि हालसम्म पूर्ण खोप दिगोपना सुनिश्चितता कायम रहदै आएको छ । कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको तर्फबाट देवी कुँवर, स्वास्थ्यकर्मीको तर्फबाट नारायण प्रसाद अर्याल, विभिन्न संघसंस्थाको तर्फबाट पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, गाउँपालिका उपप्रमुख र उपाध्यक्षको तर्फबाट चन्द्रकोट गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, गाउँपालिका प्रमुख तथा अध्यक्षको तर्फबाट इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले मन्तव्य राख्नुभयो ।

कार्यक्रममा डा.विनोद कुमार गिरीको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथिको रुपमा मुसिकोट नगरपालिका नगरप्रमुख जीवलाल खरेल (जीवन), जिल्ला समन्वय उप-प्रमुख तेजेन्द्र सलामी मगर रहनु भएको थियो । कार्यक्रम अतिथिको रुपमा विभिन्न गाउँपालिकाका अध्यक्ष र रेसुंगा नगरपालिका उप-प्रमुख सँगै गाउँपालिका उपाध्यक्षहरु र सरोकारवाला निकायका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?