बुटवल । चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिगअन्तर्गत भैरहवामा समूह ‘बी’ का खेलहरू सुरु भएका छन् । नेपाल राष्ट्रिय मारवाडी युवा संठगन केन्द्रीय समितिको आयोजनामा मंगलबारबाट भैरहवास्थित सिद्धार्थ रंगशालामा समूह ‘बी’ का खेलहरू सुरु भएका हुन् । उक्त समूहअन्तर्गत वीरगञ्ज ब्लास्टर र शिवम् वारियर्स हेटौंडाबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । वर्षा रोकिएपछि दोस्रो खेल भने पूरै ओभरमा खेलाइएको थियो ।
दोस्रो खेलमा जनकपुर रोयलले नेपालगञ्ज वारियर्सलाई आठ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । जितका लागि पाएको १४३ रनको लक्ष्य जनकपुरले निर्धारित २० ओभरको खेलमा १० ओभर दुई बल खेल्दै दुई विकेटको नोक्सानीमा १४४ रन बनाउँदै पूरा गर्यो ।
उसका लागि राहुल नहरले ८६ रनको उत्कृष्ट इनिङ खेल्नुभयो । यस्तै, राहुल बर्माले ३५ रनको योगदान गर्नुभयो । बलिङमा नेपालगञ्जका अभि अग्रवाल र प्रभात अग्रवालले समान एक-एक विकेट लिनुभयो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालगञ्जले निर्धारित खेलमा आठ विकेटको नोक्सानीमा १४२ रनको योगफल बनाएको थियो । उसका लागि कृष्ण लखोटियाले ५४, निखिल अग्रवालले ३१, गौरव डागाले १५ र सिनु गोयलले ११ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा जनकपुरका आकाश मोहन्काले दुई तथा अनमोल चौधरी, राहुल अग्रवाल, आशिष सर्राफ र सुमित बर्माले समान एक-एक विकेट लिनुभयो । खेलमा राहुल नहर प्लेयर अफ द म्याच हुनुभयो ।
प्रतियोगितामा १४ टिम सहभागी छन् । यसमध्ये समूह ‘ए’ र ‘सी’ का खेलहरू विराटनगरमा भइरहेका छन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भने कीर्तिपुर क्रिकेट मैदान काठमाडौंमा हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच