मुलुकले विकास, समृद्धिको अपेक्षा गरेको छ र सबै तहका सरकारहरूको नारा पनि त्यही छ । तर ठीकविपरीत देशले न विकासको अनुभूति गराउन सकेको छ न समृद्धि दिएको छ । यसको नालिबेली खोज्दै जाँदा राष्ट्र निर्माणको तगारो भ्रष्टाचार, घुसखोरी र कमिसनतन्त्र नै हो भन्ने निष्कर्षमा पुग्न कुनै गाह्रो छैन । भ्रष्टाचार, घुसखोरी र कमिसनतन्त्र रोक्ने निकाय नै स्वयं भ्रष्टाचारमा चुर्लुम डुबेपछि यो दुर्गति हुने नै भयो । पञ्चायतकाल रामराज्य नै थियो भन्नेहरूले पनि तत्कालीन राजपरिवारका सदस्यहरूले क्रेन प्रयोग गरेर ऐतिहासिक मन्दिरका मूर्तिहरू विदेशिएका घटना अझै नेपालीहरूको मानसपटलमा ताजै हुनुपर्छ ।
नागरिकका प्रजातान्त्रिक अधिकारमा बन्देज लगाएर गरिएको निरंकुश व्यवस्थाको अन्त्य गरी बहुदलीय प्रणाली स्थापनार्थ तत्कालीन प्रतिबन्धित दलहरूको आहृवानलाई नेपाली जनताले साथ दिएर प्रजातन्त्रको पुनस्र्थापना सम्भव भएको थियो । तर, प्रजातन्त्र पुनस्र्थापना पश्चात् पनि जनताको अपेक्षामाथि बेइमानी गरियो । यद्यपि केही महत्वपूर्ण कदम नचालिएको होइन तर त्यसको उचित व्यवस्थापन र प्रचारप्रसार हुन सकेन । अस्वस्थ दलीय प्रतिस्पर्धा र सत्तारूढ दलभित्रको आन्तरिक असमझदारी र मनमुटावका कारण कतिपय सुधारका कार्य ओझेलमा पर्न गए । एकथरी मानिसहरू जो पुरानो व्यवस्थाबाट लाभान्वित भएका थिए । उनीहरू बहुदलीय व्यवस्थाविरुद्व व्यापक रूपमा लागे । अनेक अनर्गल हल्ला मच्चाउन लागे र जनता पनि दिग्भ्रमित हुन थाले । केही मतिभ्रष्ट नेताहरू भ्रष्टाचारको जालोमा पर्दा सर्बसाधारण जनतामा आशंका जन्मनुलाई अन्यथा मान्न सकिँदैन ।
घुसखोरी, ढिलासुस्ती र कमिसनतन्त्र भ्रष्टाचारका बाहिर देखिने स्वरूप हुन् । आज यही कारणले देश आक्रान्त छ । जनतामा व्यापक निराशा देखिन्छ । त्यो निराशापूर्ण आक्रोशमा परिणत भयो भने देशमा विद्रोहको ज्वालाले को कसलाई भस्म बनाउने हो यसै भन्न सकिने अवस्था छैन ।
केही भ्रष्टाचारका अवाञ्छित घटनाका कारण बाहृयशक्तिको आडमा माओवादी नामको शक्तिको उदय भयो । जुन कुरा घामजस्तै छर्लंग छँदैछ । साथै माओवादीको हत्याहिंसालाई कहीँ न कहीँ तत्कालीन राजा वीरेन्द्रको हात थियो भन्ने कुरा होलेरी काण्डले पुष्टि गर्दछ । सर्पलाई दूध खुवाएर पाले पनि अन्ततः डस्न छाड्दैन भन्ने तथ्य प्रमाणित भयो । राजनीतिका यस्ता जालझेल र षड्यन्त्रहरू निरन्तर चलिरहने प्रक्रियाहरू रहेछन् भनेर बुझ्न अब कुनै गाह्रो विषय भएन । यस्ता जालझेल र षड्यन्त्रका गोटी स्वयं परिवर्तनकारी शक्तिका स्थापित नेताहरू नै भ्रष्टाचारका घृणित खेलमा मुछिनुले आज संघीयता र गणतन्त्र धरापमा देखिएको छ । यसर्थ परिवर्तनकारी शक्तिबीचको आपसी मनोमालिन्य र मतभेदलाई जति सक्यो चाँडो टुंग्याएर विश्वासको वातावरण निर्माणतर्फ लाग्नु बुद्धिमानी ठहर्छ ।
घुसखोरी, ढिलासुस्ती र कमिसनतन्त्र भ्रष्टाचारका बाहिर देखिने स्वरूप हुन् । आज यही कारणले देश आक्रान्त छ । जनतामा व्यापक निराशा देखिन्छ । त्यो निराशापूर्ण आक्रोशमा परिणत भयो भने देशमा विद्रोहको ज्वालाले को कसलाई भस्म बनाउने हो यसै भन्न सकिने अवस्था छैन । दुर्गा प्रसाईंजस्ता एउटा व्यक्तिले चलाएको अभियान सम्भवतः त्यही विद्रोहको पूर्वसंकेत नहोला भन्न सकिँदैन ।
पुरातनवादी शक्तिहरूले जनतामा देखिएको निराशा र छिटफुट विद्रोहको आडमा राजतन्त्र पुनस्र्थापनाको सपना देख्दै छन् तर यसका लागि ज्ञानेन्द्र शाहमा समेत उत्साहको छनक पाइँदैन । यो सबैको पछाडि भ्रष्टाचार, घुसखोरी र कमिसनतन्त्रले बल पु¥याएको प्रष्ट छ ।
तसर्थ जबसम्म यस्ता राष्ट्र निर्माणका तगाराहरू पन्छाउँदै अघि बढ्नुको विकल्प देखिँदैन । हामीले संघर्ष गरेर प्रजातन्त्र ल्यायौँ भन्दैमा भ्रष्टाचार गर्ने छुट पाइँदैन तर भएको छ त्यस्तै । त्यसैगरी गणतन्त्र ल्यायौँ भन्दैमा पनि सबै कालाकरतुत आममाफी हुन सक्तैन । यो कुराको हेक्का परिवर्तनकारी शक्ति र त्यसको नेतृत्वकर्ताहरूले राखून् । जनतामा आएको चेतनाको लहरले भ्रष्टाचार नै देश विकास प्रमुख कारण हो भन्ने निष्कर्ष देखिन्छ जुन वास्तविक यथार्थ पनि हो । भ्रष्टाचार गर्नुको पनि हद हुन्छ नि जस्तोसुकै संवेदनशील विषयमा पनि भ्रष्टाचार गरिदिने ? सारा मुलुकवासीहरू कोरोनाका कारण पीडामा परेको बेलामा पनि औषधि उपचारजस्तो कुरामा भ्रष्टाचारको गन्ध आउनु त्यसभन्दा निन्दनीय अरू के हुनसक्छ । तर, आज भ्रष्टाचारीहरूकै बोलाबाला देखिनु अर्को विडम्बना हो ।
उता नक्कली भुटानी शरणार्थी काण्डमा कांग्रेस-एमालेलेका उपल्लै तहका नेताहरूको अनुसन्धानको क्रममा भएको गिरफ्तारीले जनतामा थप निराशा र आक्रोश देखिन्छ । यो सब परिस्थितिले कांग्रेस-कम्युनिष्टहरूप्रति जनताको मोह घट्दै गएको छ र पुरातनवादी शक्तिहरूमा ऊर्जा थपिँदै छ । अवश्य यो परिवर्तनकारी शक्तिहरूका लागि शुभ संकेत होइन । त्यसैले समय छँदै नसच्चिए निश्चय त्यसको दुष्परिणाम नभोगी सुखै छैन । भ्रष्टाचारको मुख्य जिम्मेवार कांग्रेस- कम्युनिष्ट नै हुन् भन्ने कुरामा अब द्विविधा छैन । कांग्रेसले कम्युनिष्टलाई कम्युनिष्टले कांग्रेसतिर औला ठडाएर आफू चोखो हुने प्रयास नगरे हुन्छ ।
आज देशको अपेक्षाकृत विकास, समृद्धि नहुनुको पछाडि यिनै शक्ति कांग्र्रेस र कम्युनिष्ट नै जवाफदेही छन् । यद्यपि विकास र समृद्धिका पूर्वाधार हुँदै नभएको भने होइन तर भ्रष्टाचारले ती सबै पूर्वाधारलाई ओझेलमा पारिदिएको छ । विकास र समृद्धिका लागि निर्माण भएका पूर्वाधारहरू के के थिए वा हुन् अब त्यसबारे सूक्ष्म जानकारी हुन आवश्यक देखिन्छ । प्रजातन्त्र पुनस्र्थापनापश्चात् विकासले गति समात्न के लागेको थियो माओवादी नामको पार्टीले हत्याहिंसाको राजनीतिका माध्यमबाट गतिरोध सिर्जना गर्यो । तथापि दुई-चारवटा क्षेत्रमा उल्लेख्य प्रगति भएको छ तर सबै प्रगतिलाई भ्रष्टाचारको कालो बादलले ढाकिदियो । मानौं अहिले मुलुकमा भ्रष्टाचारबाहेक अरू केही भएको छैन ।
शिक्षा, स्वास्थ्य, सञ्चार र यातायात क्षेत्रमा भएको प्रगतिले राष्ट्रको विकास र समृद्धिमा अवश्यै टेवा पु¥याएकै छ तर दुर्भाग्य के भइदियो भने भ्रष्टाचारका काला बादलहरूले देशमा भएका सकारात्मक प्रगति र उपलब्धि सबै छोपिदियो । त्यसैले भ्रष्टाचार, घुसखोरी र कमिसनतन्त्र नै राष्ट्रनिर्माणको तगारो बनेर आयो ।
यदि माओवादीले जनयुद्व नाम दिइएको हत्याहिंसाको राजनीति नभएको भए नेपालीहरूको जीवनस्तरमा ठूलै परिवर्तन हुने थियो तर उक्त हत्याहिंसाको घृणित राजनीतिले नेपालीहरूको विकास र समृद्धिको सपना अधुरै रहे । तथापि पञ्चायतले छोडेको त्रिभुवन विश्वविद्यालय र संस्कृत विश्वविध्यालयमात्र बिरासतबाट आज मुलुकमा झण्डै दुई दर्जन विश्वविद्यालय कार्यरत छन् । देश विकासको मेरुदण्ड भनेकै शिक्षा हो भन्ने मान्यता राख्ने हो भने देशले शिक्षाको क्षेत्रमा अभूतपूर्व प्रगति गरेको छ । सूचना, सञ्चार र प्राविधिको क्षेत्रमा पनि पञ्चायतले छोडेको एउटा नेपाल टेलिभिजनबाट आज असंख्य टेलिभिजन सञ्चालित छन् । टेलिफोनको त के कुरा गर्नु आज मोबाइल प्रत्येक नेपालीको हातहातमा छन् ।
यो पनि यही परिवर्तित राजनीतिक व्यवस्थाको परिणाम हो भन्न हिचकिचाउनु पर्दैन । स्वास्थ्यको क्षेत्रमा पनि उल्लेख्य प्रगति भएको छ । वडा–वडामा प्राथमिक उपचार पुगेको छ । बीचमा माओवादीको यदि हत्याहिंसाको घृणित राजनीति हुन्थ्यो भने स्वास्थ्यको क्षेत्रमा अरू धेरै सुधार हुने थियो । त्यस्तै यातायातको क्षेत्रमा चाहे हवाई यातायात होस् वा सडक यातायातले निकै फड्को मारेको छ । अपवादबाहेक अब सडक सञ्जालले नछोएको कुनै पालिका त के वडासमेत नहोलान् । शिक्षा, स्वास्थ्य, सञ्चार र यातायात क्षेत्रमा भएको प्रगतिले राष्ट्रको विकास र समृद्धिमा अवश्यै टेवा पु¥याएकै छ तर दुर्भाग्य के भइदियो भने भ्रष्टाचारका काला बादलहरूले देशमा भएका सकारात्मक प्रगति र उपलब्धिहरू सबै छोपिदियो । त्यसैले भ्रष्टाचार, घुसखोरी र कमिसनतन्त्र नै राष्ट्रनिर्माणको तगारो बनेर आयो ।
प्रजातन्त्र पुनस्र्थापनादेखि गणतन्त्रमा आइपुग्दासम्म भए गरेका राष्ट्र निर्माणका कामहरूको कहीँकतै बहस र छलफल भएको नसुनिनु पनि अर्को विडम्बना हो । भ्रष्टाचार अवश्य देश विकास र समृद्धिका लागि घातक हो अवरोध हो । त्यसैले राष्ट्र निर्माणका अवरोध (तगारा) लाई जति सक्यो छिटो हटाउनुको विकल्प छैन । यसर्थ जुनसुकै कोणबाट हेरे पनि भ्रष्टाचार, घुसखोरी र कमिसनतन्त्र नै राष्ट्र निर्माणका तगारा हुन् भन्नेमा कुनै शंकै छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच