राजनीति विश्वासमा चल्नुपर्दछ । राजनीतिमा विश्वास गुमेपछि राजनीतिक व्यक्ति, राजनीतिक दलप्रति जनता आक्रोशित भएर आएका हुन्छन् । राजनीतिमा स्थिरता र राजनीतिककर्मीको आवाज जनताको विश्वाससित जोडिएको हुन्छ । राजनीति गर्ने व्यक्ति, सभासद, मन्त्री र प्रधानमन्त्रीप्रति जनताको विश्वास भएन भने राजनीतिकर्मीमात्र होइन राजनीतिक दल पनि जनताको आक्रोशमा परेका हुन्छन् । त्यसैले राजनीतिमा विश्वास, आस्था र एक अर्काप्रति समभाव अनिवार्य मानिन्छ । व्यक्तिगत चाहनालाई समाप्त पार्दै गरिने राजनीतिले मात्र देशको विकास, उन्नति र प्रगतिका लागि बाटो निर्माण गरेको हुन्छ ।
नेपालको राजनीतिमा नेपाली जनताको विश्वास घढ्दो अवस्थामा देखिन थाल्यो । गणतन्त्रको उदय र गणतन्त्रका लागि गरिएको संघर्षले जुन उपलब्धी देश र जनताका लागि दिनुपर्ने थियो त्यो दिन सकेन । राजनीति गर्ने व्यक्ति र राजनीतिक दलप्रति दिनप्रतिदिन जनताको विश्वास घढ्दै जानुलाई यसको मूल मान्यता मान्न सकिन्छ । राजनीतिले देशमा आमूल परिवर्तन ल्याउनुपर्ने थियो तर त्यसो हुन सकेन । नेपालको राजनीतिमा राजनीतिक दलप्रति जनताको विश्वास घढ्दै गएको देखियो । व्यक्तिगत स्वार्थमा र कमाउ धन्दामा लागेका राजनीतिक व्यक्ति नै राजनीतिका उच्च ओहदामा पुगे । देशका मन्त्रीहरूको अभिव्यक्ति देशको हितका लागि हुन सकेनन् । जनताको आक्रोश उनीहरूले खेपिरहेका छन् आज आएर ।
कमजोर गृहमन्त्री
नेपालको राजनीतिमा गणतन्त्रपछिको दोस्रो निर्वाचनमा एक टेलिभिजन प्रस्तोता राजनीतिमा होमिए । टेलिभिजनमा दर्शकबाट धेरै माया पाएका उनी राजनीतिमा पनि सफल भए । राजनीतिमा नआएका र जनताले नामै नसुनेका व्यक्तिहरू उनको पार्टीबाट उम्मेदवार बने र निर्वाचन जित्न पनि सफल भए । उक्त पार्टीका मुखिया नेपालको गृहमन्त्रालय सम्हाल्न सफल भए तर केही दिन पश्चात उनी दोहरो नागरिकता र दुई पासपोर्ट राख्ने व्यक्तिका रूपमा देखापरे । नेपालको कानुनलाई छलेर उनले जुन आधार पेश गरे त्यसमा उनी दोषी ठहरिए । दोषको भागीदार बनेका उनको सांसदको पद खारेजी भयो । उनी पुनः चुनाव लडे जिते पनि । नेपाली जनताको विश्वास उनले जितेका हुन् । तिनै व्यक्ति आज पुनः नेपालको गृहमन्त्री बनेका छन् ।
गृहमन्त्री रवि लामिछाने राजनीति गरेर आएका व्यक्ति होइनन् । उनी टेलिभिजनमा कराएर स्थापित भएका व्यक्ति हुन् । राजनीतिक दल र नेतालाई सत्तोसराप गरेर आएका व्यक्ति हुन् । राजनीतिक संस्कार उनमा देखिँदैन । उनले गृहमन्त्रीका हैसियतले संसद्मा दिएको अभिव्यक्ति राजनीतिकर्मी तथा देशको गृहमन्त्रीको जस्तो थिएन ।
गृहमन्त्रीमा नियुक्त भएपछि उनको अभिव्यक्ति काम गरेर देखाउने हो भन्ने थियो । म पद खान आएको होइन काम गर्नुछ भन्ने थियो । उनी आफू पत्रकार तर उनका विरुद्ध सञ्चारमाध्यम लागे भन्ने अभिव्यक्ति दिँदै हिँडे । दोस्रोपटक गृहमन्त्री भएका उनी पुनः सहकारीको पैसा अपचलन गरेको आरोप खेपिरहेका छन् । मन्त्रीका लागि आवश्यक योग्यता नतोकिएको भए पनि शुक्राचार्य मन्त्रीमा हुनुपर्ने गुणलाई यसरी उल्लेख गर्दछन् ।
मन्त्री तु नीतिकुशलः पण्डितो धर्मतत्ववित्
देशकालप्रविज्ञाता सुमन्त्रः स च कीर्तितः ।।
नीतिशास्त्रलाई जानेको, काम गर्न कुशल, देश, कालका विषयमा जानेर गतिशील हुने व्यक्ति नै अमात्य (मन्त्री) मानिन्छ । यो अभिव्यक्ति शुक्राचार्यको हो । शुक्राचार्यले भनेजस्तो मन्त्री बन्न नसके पनि देशको हितलाई अनिवार्य रूपमा जान्न सकिन्छ । गृहमन्त्री रवि लामिछाने राजनीति गरेर आएका व्यक्ति होइनन् । उनी टेलिभिजनमा घोक्रो फुल्ने गरी कराएर आफू स्थापित भएका व्यक्ति हुन् । राजनीतिक दल र नेतालाई सत्तोसराप गरेर आएका व्यक्ति हुन् । राजनीतिक संस्कार तिनमा देखिँदैन । उनले गृहमन्त्रीका हैसियतले संसद्मा दिएको अभिव्यक्ति राजनीतिकर्मी तथा देशको गृहमन्त्रीको जस्तो थिएन ।
कांग्रेसले सदनमा बोल्न नदिएर अत्तालिएको, देशको राजनीति र भूगोलका बारेमा नबुझेको, जनताको भरोसा जित्न नसकेको एउता ठिटौले पाराको अभिव्यक्ति थियो । उनको अभिव्यक्तिमा तिमीहरूले खान हुने मैले खाएर डकार्न किन नहुने भन्ने खालको थियो । गृहमन्त्रीले साथीहरूले सञ्चारमाध्यमलाई मिलाऊ भन्छन् म सञ्चारमाध्यम मिलाउन आएको होइन भन्ने अभिव्यक्ति गृहमन्त्रीको हुन सक्दैन । सञ्चार मिलाएर जनताको पैसा खाएका उनलाई के सञ्चारले समाचार बनाउन नहुने हो र ? पहिलोपटक पनि सञ्चारमाथि खनिएका उनी योपटक पनि सञ्चार र कांग्रेसमाथि खनिए । जनताले प्रतयक्ष हेरिरहेका टेलिभिजनमा आफू चोखो रहेको र सहकारीको पैसा नखाएको, टेलिभिजन नडुवाएको, म चोखो रहेको अभिव्यक्ति दिनुलाई केटौले पाराको अभिव्यक्ति मानिन्छ न कि नेपालको गृहमन्त्रीको ।
उनी र उनको पार्टीको जनाधार खस्कँदो छ । अर्को निर्वाचनमा उनीलगायत उनका पार्टीका सदस्यहरू निर्वाचन जित्न सफल नहुन पनि सक्छन् । हुन त नेपालको राजनीतिमा राणा, पञ्चायत ढालेर माओवादी सशस्त्र युद्धलाई मूलधारमा ल्याउने कांग्रेस, तानाशाहीविरुद्धका सबै आन्दोलनमा कांग्रेसको पछि लाग्ने एमालेका नेताहरूको हालत पनि उस्तै छ तर तिनीहरूमा संस्कार छ । राजनीतिक सोच छ । बकम्फुस्से गफ छैनन् । उनीहरूसित राजनीतिक दर्शन छ । त्यही दर्शन र विचारमा टेकेर राजनीति गरिरहेका छन् । ती राजनीतिक दलले केही गरेनन् हामी गर्छौँ भनेर आएको पार्टीका मुखियाले जनताको पैसामा मोज गरेको देखियो । यदि दोषी होइन भने संसदीय समिति बनाउन किन नदिएको ? जनताले उत्तर खोजेका छन् गृहमन्त्रीज्यू ! हजुरले नेपाली जनतालाई उत्तर दिनुपर्छ ।
भारत संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुको हो । अहिले भारतमा लोकसभाको निर्वाचन चलिरहेको छ । वनारसबाट तेस्रोपटक उम्मेदवार बनेका भारतीय प्रधानमन्त्रीले आफ्नो सम्पत्ति जति लेखे त्यसले असल राजनीतिकर्मी व्यक्तिका रूपमा चिनिए । उनले आफूसित छपन्नहजार बैङ्क ब्यालेन्स, तीनवटा औँठीको दुई लाख रहेको र भारतमा कहीँ कतै जमिन र घर नरहेको उल्लखे गरे । आफ्नो सम्पत्ति सार्वजनिक गर्न आग्रह गरेका मन्त्रीको नगद, सुन र जमिनको फेरिहस्त हेर्दा नेपालका मन्त्री त संसारका सबैभन्दा धनी पो देखिए । त्यसैले गृहमन्त्रीज्यू ! तपाईंप्रति जनताको विश्वास घढ्दो देखियो ।
बढ्दो आक्रोश
हामी गणतन्त्रमा छौं । प्रजातन्त्र, लोकतन्त्रले हामी नेपालीका चाहना र देशको उन्नतिका लागि केही गर्न सकेन भनेर नै हामीले लामो संघर्ष, नेपालीको बलिदानबाट गणतन्त्र ल्यायौं । गणतन्त्रमा प्रवेश गरेका हामी नेपालमा तीनवटा सरकार चलाइरहेका छौं । जनताका कुरा सुनियून्, जनताका आवश्यकता पूर्ण होऊन्, नेपालीले नेपालमा श्रम गर्न सकून्, देशमा गरेको श्रमले गास, वासको व्यवस्था होस् भन्ने चाह नेपाली जनताको थियो । त्यसमा हामी र हाम्रो देशको राजनीति चुकिसकेको छ । राजनीतिक अस्थिरताले नेपाली जनता दिक्क भइसकेका छन् । यो अवस्था आउनुमा नेपाली दोषी होइनन् । गणतन्त्रको पतनका बारेमा महाभारत भन्छ :
लोभमेको हि वृणुते ततोद्रमर्षमनन्तरम्
तौ क्षयव्ययसंयुक्तावन्योन्यं च विनासिनौ ।।
गणतन्त्रमा लोभलाई वरण गरेर अमर्ष (सत्य कुरा नसहने, डाह र इष्र्या) लाई प्रमुख कारण मानेको व्यक्ति नै राजनीतिमा गणतन्त्रको नाशको कारण बनेको हुन्छ । यही अवस्थामा आज नेपालको राजनीति देखिएको छ । जो सत्तामा गयो उसले विपक्षको खोइरो खन्ने प्रवृत्ति नेपालको राजनीतिमा देखिएको छ । भ्रष्टाचार मौलायो । कारबाही कतै भएको सुनिँदैन । राजनीतिक दलका नेता र सत्तासीन मन्त्री प्रतिशोध साध्न उभिन्छन् र म जस्तो असल शासक कोही छैन भन्छन् । नेपाली जनताले दुःख पाएको पायै छन् । यस्तो अवस्था आउनुमा दोषी राजनीतिक दल नै देखिए । केही दिनपूर्व गृहमन्त्रीले आफ्नै कार्यकर्ता पठाएर कान्तिपुर सञ्चारगृहका कैलाश सिरोहियालाई पक्राउ गरे ।
बालेनलाई संघको कुनै सहयोग छैन तर पनि उनीभित्रको लगनशीलताले उनलाई काठमाडौंका बासिन्दाको प्यारो मेयरका रूपमा मानेको छ । त्यसैले गृहमन्त्रीज्यू ! काम गर्नुहोस् गफ होइन । अरूप्रति धारेहात नलगाउनुहोस् आफूलाई सच्याउनुहोस् । प्रतिशोधको भावनामा नबग्नुहोस् ।
ज्ञानेन्द्रको शासनकालका मन्त्रिपरिषद्का उपाध्यक्ष डा.तुलसी गिरीले कान्तिपुरलाई आठौं दलको नाम दिएका थिए । प्रमाण पुष्टि नभइकन ममाथि खनियो । मेराविरुद्ध समाचार लेख्यो । मैले लुटेको जनताको पैसाको प्रमाण भेटायो भन्दैमा पक्राउ गर्ने गृहमन्त्रीज्यू ! तपाईंप्रति आक्रोश बढिरहेको छ । दश वर्ष सशस्त्र युद्ध लडेर गणतन्त्र ल्याउन सफल माओवादी पार्टीलाई जनताले तेस्रो दलका रूपमा निर्वाचनबाट स्थापित गराउँदै आएका छन् ।
गृहमन्त्रीज्यू ! तपाईंको पार्टीले पाएको मत नेपाली जनताको मूलधारका राजनीतिक दलप्रतिको आक्रोश थियो । ती दलप्रतिको आक्रोशलाई नेपाली जनताले मताधिकार प्रयोग गरेका थिए तपाईंकाले दललाई । तर, तपाईं र तपाईंको दलका उम्मेदवारले इलामको निर्वाचनमा धरौटी पनि बचाउन सकेन । अब आउने चौरासीको निर्वाचनमा तपाईं र तपाईंको दलको हालत के हुने हो आफैं विज्ञ हुनुहुन्छ । जनतामा आक्रोश छ । तपाईंका अलोकतान्त्रिक कामप्रति अविश्वास छ । संसद् तपाईंका कारण अवरुद्ध छ । तपाईं सत्तासीन हुनजस्ता पनि सम्झौता गर्दै हिँड्नुभएको छ । हेक्का रहोस् नेपालको राजनीतिमा तपाईं र तपाईंको पार्टी आउँदो निर्वाचनमा नबढारियोस् । जनताको आक्रोशको तारो नबनोस् । समय छँदै सचेत हुनुहोला ?
बालेन साह काठमाडौँ महानगरपालिकाका मेयर हुन् । उनी निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर चुनाव लडे । उनले निर्वाचन जिते । उनले जसरी काम गरिहरेका छन् त्यसले उनलाई एक असल राजनीतिककर्मीका रूपमा काठमाडौँका जनताले स्वीकार गरेका छन् । बालेन साहले जे जति काम गरेका छन् उनले काठमाडौंवासीको मन जितेका छन् । आफ्नो एकजना पनि वडाध्यक्ष नभएका बालेन उनले जनहितका लागि चालेका कदममा सबैबाट सहयोग पाएका छन् । उनको विरोध तिनले गरेका छन् जो काठमाडौं महानगरका मतदाता होइनन् । उनले काठमाडौंलाई जुन तरिकाले विकास गर्न खोजेका छन् त्यो उनीभित्रको इच्छाशक्ति हो ।
त्यस इच्छाशक्तिलाई कसैले पनि चोट पुर्याउन सकेको छैन । उनी जे बोल्छन् सत्य बोल्छन् । उनलाई अहिलेसम्म भ्रष्टाचारको मुद्दा लागेको छैन । उनले पाँच वर्षमा काठमाडौंलाई जुन तरिकाले गतिशील बनाउन खोजे त्यो उनीभित्रको दृढता हो । काठमाडौं शहरलाई उनले सांस्कृतिक शहरका रूपमा विकास गर्न खोजेका छन् । उनलाई संघको कुनै सहयोग छैन तर पनि उनीभित्रको लगनशीलताले उनलाई काठमाडौंका बासिन्दाको प्यारो मेयरका रूपमा मानेको छ । त्यसैले गृहमन्त्रीज्यू ! काम गर्नुहोस् गफ होइन । अरूप्रति धारेहात नलगाउनुहोस् आफूलाई सच्याउनुहोस् । प्रतिशोधको भावनामा नबग्नुहोस् । यही रवैयामा जानुभयो भने तपाईं पनि नेपाली जनताका सामु नांगिनुहुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच