पातारासी गाउँपालिकाद्वारा नागरिकलाई निशुल्क स्वास्थ्य बीमा

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले पालिका भित्रका सवै नागरिकलाई निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकाले आफ्नो निति तथा कार्यक्रममा बीमा गर्न छुटेका नागरिकहरुलाई स्वाथ्य वीमा गर्ने निति अनुसार काम शुरु गरिएको अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो । स्वास्थ्य उपचारमा राहत होस् भनेर अध्यक्ष-उपाध्यक्ष कार्यक्रममा छुटाएको बजेटबाट पातारासीका सबै नागरिकलाई स्वास्थ्य बीमा गर्नका लागि हिउँले गाउँसभाबाट पारित समेत भएको उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।

नागरिकको स्वास्थ्य बीमासहित यो ५ बर्षमा दुई जना स्थानीयलाई निःशुल्क एमविविएस अध्ययन गर्नका लागि आर्थिक सहयोग गर्ने निति अनुसार एक जनालाई पहिलो बर्ष रु ७ लाख रुपैया प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर बुढ्थापाले जानकारी दिनुभयो । सो पालिका-४ निवासी नवीन रेउलेलाई एमविविएस अध्ययनका लागि पालिकाले अहिले छात्रवृत्ति दिएको छ । रेउले रुपेन्देहीको देवदह मेडिकल कलेजमा अध्ययन गरिरहनु भएकाे छ ।

गाउँपालिकाले आफ्नो अर्धबार्षिक समिक्षा तथा आर्थिक बर्ष २०७९/८० को सार्वजनिक सुनुवाई कार्यक्रममा विश्वको अग्लो धान फल्ने छुमचौरमा धान उत्पादन बढाउने संघीय सरकारको योजनालाई निरन्तरता दिन पहल भईरहेको जनाएको छ । गाउँपालिका अध्यक्ष पूर्णसिंह वोहरा, उपाध्यक्ष जनमाया रोकायासहितको टिमले छुमचौर घेरवार योजनाको बजेट विनियोजन गर्न पहल गरिरहेको उहाँहरुको भनाइ छ ।

पातारासीकै उच्च स्थान लोटचौरमा हाई अल्चिच्यूट खेलकुद तालिम केन्द्रका लागि रु ५० लाख गाउँपालिकाको पहलमा संघीय सरकारले विनियोजन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताउनुभयो ।

सार्वजनिक सुनुवाईमा पुँजीगत हाल सम्मको खर्च विवरण समेत जानकारी गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत बिष्णु धितालले पालिकाको जम्मा बजेट रु ४९ करोड ५ लाख ४ सय ९३ रुपैयामा चालुतर्फः २७ करोड ८१ लख ७९ हजार ३ सय ३५ रहेको र पुजीगत तर्फबाट रु २१ करोड २३ लाख २१ हजार १५७ रुपैया ७० पैसा रहेको जानकरी दिनुभयो । उहाँका अनुसार चालु खर्च रु १० करोड ७२ लाख १२ ५ सय १ रुपैया अर्थात ३८.५४ प्रतिशत र पुजीगत खर्च रु २ करोड १९ लाख ३ सय ३५ अर्थात १०.३१ प्रतिशत रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत धितालका अनुसार पातारासी गाउँपालिकाले वडागत ७८ वटा योजना मध्य मध्य ४१ योजना सम्पन्न भएका छन् । यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमका ७ वटा योजना ७ वटै योजना सम्झौता भएका छन् । मुख्यमन्त्री रोजगार ६७ वटा योजना मध्य किनाराखोला तटवन्धन सम्झौता भई अघि बढेको छ । गाउँपालिकाले अघिल्लो आर्थिक बर्षमा रु २०६ वटा योजना सम्पन्न गरेको जनाएकाे छ । यसैगरी गाउँपालिकाले यस क्षेत्रको मुख्य सड्क उर्थु-पेरे सड्कको स्तरबृद्धिमा जोड दिईएको छ । यसैगरी भेडाबाख्राको उपचार सँगै पाटन क्षेत्रमा अर्थिङ सेन्टर स्थापना गरिने भएको छ । यसैगरी एक करोड ९० लाख जलवायू अनुकुलन बजेट रहेको छ ।

गाउँपालिकाले सार्वजनिक सुनुवाई गरेपछि स्थानीयले जिज्ञासा राखेका छन् । स्थानीय भक्तबहादुर बुढाले विश्वकै अग्लो स्थानमा धान फल्ने छुम ज्यूलोको योजना यथासिघ्र सफल पार्नुपर्ने, वडा नं. २ को टेलिफोन टावरमा जोड दिनुपर्ने बताउनुभयो । वडा नं. ८ का स्थानीय पूर्णबहादुर बुढाले चुकेनी जलविद्युत् आयोजना चाडै निर्माण गरिनुपर्ने सुझाव दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?