पुस्तक : छन्दकवि देवमणि भट्टराईको ‘सुुस्केरा’ काव्यसंग्रह

बद्रीप्रसाद दाहाल
Read Time = 18 mins

समसामयिक नेपाली कविता धारामा केही वर्षयता छन्दकवितामा वासन्ती वहार छाएको छ । धेरै नवोदित युवा प्रतिभा र साधकहरू छन्दको लय, सुर, तालको मोहनीमा खिचिएर अत्यन्त आशालुु र दिव्यतम काव्यछटाका प्रभा पस्किने क्रममा बढोत्तरी भइरहेको दृष्यले भाषावाङ्मयप्रेमीहरू पुलकित तथा आहृलादित बनिरहेका छन् । ‘छन्द’ काव्यको बाहृय सौन्दर्य र रक्षक हो । छन्द हृदयबाट निस्कन्छ बुुद्धिबाट होइन, शब्दहरूको गतिको संयम छन्द हो, आदि विचारहरूले छन्दको गरिमा खोलेका छन् । भन्छन् कविता लयात्मक भाषामा गरिएको रागात्मक अभिव्यक्ति हो ।

काव्यलाई श्रुति माधुुर्य बनाउँदै गति, यति, लय, मात्रा, वर्ण र पाउको अनुशासनमा रही दिइने चामत्कारिक अभिव्यक्ति हो कविता । यतिखेर सामाजिक सञ्जालहरूमा कविताका विविध शैलीहरूमा काव्य कोर्नेहरूको व्यापक लहर आएको छ । बाल, किशोर, युुवा, उत्तर युवा, प्रौढ र ज्येष्ठहरू छन्दमा कविता सिर्जना गर्ने रहर, लहड र इच्छा पूूर्ण गर्दै विभिन्न सञ्चारमाध्यममा अभ्यस्त बनिरहेका छन् । अनलाइन, छापा, अडियोभिडियो, मेला र भेलाहरूमा काव्यनिनादहरू गुञ्जिरहेका छन् । परिष्कार, परिमार्जन, हिज्जेहरूको अनुपालन, शुद्धता, सहजता, सरलता आदिबारे चर्चापरिचर्चा पनि भइरहेका छन् । नयाँ प्रतिभाहरूलाई छन्दको मैदानमा कलात्मक अभिव्यक्ति दिने क्षमता श्रीवृद्धि गराउँदै लैजानुु जिम्मेदार अग्रज पुस्ताको कर्तव्य हो ।

मूलतः देवमणिका कवितामा नारीशक्तिप्रति असीम भक्ति सहज रूपमा भएको छ । ममतादात्री माता, समतादात्री दिदीबहिनी, प्रेमदात्री जीवनसँगिनीका बहुमुखी भूूमिका निर्वाह गर्ने शान्तिकी देवीमा दर्जनभन्दा बढी सुन्दर भावका कविताहरू कृतिभित्र समाहित छन् ।

यसै सिलसिलामा सुदूूरपूर्व भोजपुरको भुल्के कोल डाँडामा आँखा खोलेका नव युुवा देवमणि भट्टराई छन्दकविताका आशादीप बनेर उदाएका छन् । उनको ‘सुस्केरा’ भन्ने कृति छन्दकविताको सँगालोमा एक सय एक कविताहरूका मुठा कसेर २०७९ विसंमा ओरिएन्टल पब्लिकेसन हाउसको प्रकाशकत्वमार्फत एकसय चालीस पृष्टमा आबद्ध गरी बजारमा ल्याएका छन् । ‘सुुस्केरा’ लाई बुुझाउने भाषामा भन्नुुपर्दा ः सुुसेली, जिब्रो र ओठको घर्षणबाट दिक्दारी वा खेद प्रकट गर्ने उद्देश्यले निकालिने खुुय्य ध्वनि भन्ने बुझिन्छ भने कुनै मानसिक पीडा या भौतिक दुुःख पर्दा मान्छेका मुखबाट निस्कने लामो उच्छवास वा सर्प आदिको स्वाँ स्वाँ, हावा पानी सुसाएको आबाज हो सुुस्केरा । कविले यहाँ कृतिभित्रका कविताहरूका माध्यमबाट सुस्केराको अन्तरवस्तु राम्ररी प्रतिबिम्बित गराएका छन् ।

आधुनिक आशुुकवि रमेश खकुरेलको मतमा ‘कविता’ (क-कल्पना, वि-विचार, ता-ताल वा लय) भनेर सटिक रूपमा परिचय दिनुुभएको छ । कल्पनाभित्र सुुन्दर भाषाशैलीमा कथ्य आउँछन् भने विचारभित्र भाव घनीभूत हुन्छन् अनि तालभित्र लय सुर संगीतात्मक तरहले घनन्न घन्कन्छन् । सन्दर्भ बदलौं, आजका केन्द्रीय पात्र देवमणिको कृतितिर लागौं । देवमणिका सुुस्केराभित्रका एकसय एक कविताहरू सबै वार्णिक छन्दको अनुशासनमा राम्ररी कबाज खेल्ने जमर्को गरेका छन् । शार्दूलविक्रीडित, मन्दाक्रान्ता, भुजंगप्रयात, इन्द्रवज्रा, उपेन्द्रवज्रा, वसन्ततिलका, मालिनी, पञ्चचामर, तोटक, उपजाति, स्रग्धराजस्ता प्रचलित छन्दहरूमा नै आफ्ना भावहरू प्रकट गरेका छन् देवमणिले ।
उनको पहिलो कवितामार्फत बाल्यकालको सुुमधुर स्मृतिलाई नौ श्लोकको शार्दूूल स्वरमा यसरी पोखेका छन् :
यो बालापन लौ म भुल्नुु कसरी ? टालाटुुली बाटुली ।
झट्टै सक्छुु रमेर हाँस्न म कहाँ ?बिर्सेर चाकाचुली ।।
रोटेपिङ घुमेर बस्छ दिलमा, गाँठो परी बेसरी ।
लिंगेपीङ मचिन्छभित्र मनमा फुुर्को छुने के गरी ??
यसरी सरल र निश्छल बाल्यकाललाई शार्दूूलविक्रीडितमा स्वर सन्धान गरेका छन् सहज भावमा । ‘कविता वनिताचैव सरसा स्वयमागताः । बलादाकृष्यमाणा चेत् सरसा विरसायते’ ।। अर्थात् कविता र दुलही रसपूूर्ण भई स्वस्फूर्त रूपमा आउँदा जुन आनन्द हुन्छ, तर कविता र जीवनसँगिनीलाई बलपूर्वक ल्याउने धृष्टता गर्दा त्यो काम रसपूूर्ण नभएर निरस बन्न पुुग्छ । कवि यसबारे होसियार भएका छन् ।

कवि देवमणिको सुुस्केराभित्रका कविताहरूमा देशप्रेम, राष्ट्रभक्ति, जनजागृति, लोकतान्त्रिक मूूल्यमान्यताबाट चिप्लिएका भ्रष्ट अगुवाहरूको दुुर्गन्धित चरित्र र अहंकारमा चोटिलो झापड, मानवीय एवं आध्यात्मिक विचारको पुट, असत्यको विरोध, नेपाली युवाको आप्रवाशन, नूतन वर्तमानका विसंगतिजस्ता पक्षमा भित्री उच्छवास लामै सुुस्केरामा सुुसेलेका छन् ।

मूूलतः देवमणिका कवितामा नारीशक्तिप्रति असीम भक्ति सहज रूपमा भएको छ । ममतादात्री माता, समतादात्री दिदीबहिनी, प्रेमदात्री जीवनसँगिनीका बहुमुखी भूूमिका निर्वाह गर्ने शान्तिकी देवीमा दर्जनभन्दा बढी सुन्दर भावका कविताहरू कृतिभित्र समाहित छन् । जननी अर्थात् आमाको महिमा कति मीठोसित वसन्ततिलकामा गाएका छन् :
पीडा सहेर धृतिले दस मास बोकी । धाराप्रवाह बहने नगली नरोकी ।।
मायादया सुमनकी प्रतिमूर्ति दाता । आत्मीय पूूजित अहो ! जननी विधाता ।।
त्यसैगरी उनका ‘जाग नारी, नारी हो !, नारी, प्रेम, नारी, पुत्रबधूू, मेरी तिमी, आमा’ आदि शीर्षकका कवितामा कोणकोणबाट नारीगाथालाई काव्यमाथा बनाएका छन् हाम्रा भर्भराउँदा युवाकविले । उनका इन्द्रवज्राका सशक्त सूूक्तिपरक तलका काव्यले सिर्जना संसारकी सार, तार र भगवान्को अद्भूत उपहार भएकी नारीप्रतिकति उदात्त संमान प्रकट गरेका छन् :
‘आमा न छोरी अथवा बुहारी । साकारदेवी घरभित्र नारी ।।
वात्सल्य दूूबो कुशमा हुुँदैन, नारीविनाको सुुषमा हुुँदैन ।।
खानाविना नै बरू बाँच्छ कोही । नानाविना नै बरू बाँच्छ कोही ।।
नारीविनाको घर हो चिहान ।
यी हुन् सबैकी मुुटुुतुुल्य जान ।।
चरम लैंगिक विभेदले गाँजेको जर्जर नेपाली सामन्त समाजलाई कटाक्ष गर्दै छोरीको गरिमालाई सुधारवादी युवाकविको प्रगतिवादी सोच मन्दाक्रान्ता छन्दमा बिम्ब र प्रतीकसँगै आलंकारिक शृंगारमा यसरी छताछुुल्ल भएका छन् । ‘नारी’ शीर्षकको तेह्रौं पेजको कवितामा :-
आफैंलाई पुरुष हुनुमा लाज लाग्यो मलाई ।
पापी घाती नरपशुु कुनै बाज लाग्यो मलाई ।।
डाँको छोडी धुुरुधुुरु कतै निर्मला पन्त रुन्छिन् ।
कैयौं नारी अब कति अझै भारती भट्ट हुन्छिन् ।।
आध्यात्मिक, नैतिक र मावतावादी धारमा पनि उनका काव्यचिन्तन जुुर्मुुराएका छन् :
मनमा शिव हुन् तनमा शिव हुन् । भवसागर जीवनमा शिव हुन् ।।
बलमा शिव हुन् खलमा शिव हुन् । सुुखदुुःख दुुबै पलमा शिव हुन् ।।
( शिवस्तुति पेज नं १००)
चाहिन्न भो ! मन्दिर चारधाम । पाइन्छ खोजे मनभित्र राम ।।
शब्दै छ काफी गुरु एक नाम । सम्पूूर्ण मेरा गुरुमा प्रणाम ।।
कति सुमधुुर गुरुभक्तिको नैतिक गौरव ज्ञानगंगा प्रवाहित गरेका छन् सरल शब्दमा भाव गाम्भीर्यता पस्किएर । (पेज नं. ८३)
मिष्टभाषी, मृदुुभाषी र मितभाषी समानताका पक्षधर कवि मानव चरित्र शीर्षक कवितामा यसरी पोखिन्छन् :
आफैंलाई जल प्रलयमा शुुद्ध पारी पखाली ।
मैला फाल्दै अभिजित नदी गर्छ आफुनै सफाइ ।
शुुद्धात्माले यदि सुरु गरे, फेर्न सक्छौं समाज ।
स्वार्थी जाली छलकपटले हुन्छ उल्टो विनाश ।। (पेज नं १९)
‘चलँदैन पानी किन ?’ भन्ने कवितामा मानवीय मर्मलाई कुुल्चने जातिप्रथाविरुद्ध उनी धनञ्जय बनेर काव्यज्वाला यसरी ओकली प्रणबद्ध हुँदै शार्दूूल हुुंकारमा न्यायको माग गरी ढोलक बजाएका छन् :
सानो जात भएर जन्मन गएँ गल्ती भयो कोखमा ।
उम्दा रत्न थिएँ म देशघरको छोटो भएँ लोकमा । ।
यो सम्झन्छु अचम्म ! ज्यान अछुतो चल्छन् जवानी किन ?
शिल्पी हात सदैव चल्छ पसिना, चल्दैन पानी किन ??२??
मेरै हात सिएर बन्छ कपडा सौन्दर्य तिम्रो भयो ।
मेरै हात बनेर खुल्छ गहना, तिम्रै प्रतिष्ठा छ त्यो ।।
मेरै स्वेद मिसेर बन्छ घर त्यो, अज्ञानमा छौ किन ?
शिल्पी हात सदैव चल्छ पसिना, चल्दैन पानी किन ??४ ?? (पेज नं. ६१)
यसैगरी देवमणिका प्रणयचेतका उद्गान, सुन्दर प्रकृतिको वर्णफोटोग्राफी, समसामयिक राजनीतिको विकृत धारा, टिकटके हुलले ल्याएका सिर्जनाविहीनता र विसंगति, कविताको मूूल्यवत्ता, कविहरूका हुलमा कविता रोएको विरोधाभासी अवस्था, नेपाली समाजमा फैलिएका अबिरो, गलगाँड, फकुुन्डो र बेअर्थको लुर्कनहरूमा दरिलो शल्यक्रिया गरेका छन् । आचार्य विश्वनाथको साहित्य समाजको दर्पण हो भन्ने सूत्रका सुुपुत्र बन्न खोजेका छन् तरुण कवि देवमणि ! भोगवादले गाँजेका बर्बर र नास्तिक नेताहरूको चरितचर्यालाई नांगो पार्दै उनी निर्भयसाथ पोखिन्छन् ‘नेता’ शीर्षको कवितामा :
भोको पेट लिएर हिँड्छ जनता, नेता हजारौं कति ?
पाल्दै ठिक्क छ लौ न ! हुन्छ कसरी ? यो देशको उन्नति ।।
यौटा कृष्ण बनेर यो मुलुकमा जन्मे हुनेथ्यो बरू ।
जाली भ्रष्ट अनेक कंश थपिए छोटे रजौटाहरू ।।
खाडीको मरुभूमिमा विवशले झर्दा सिताराहरू ।
गर्दै छन् दरबारमा कचहरी यी देशमाराहरू ।।
मेरै राष्ट्र र ऐन कानुन सबै मेरै भनी देशको ।
चाबी हात लिएर चोर्छ ढुकुुटी नेता बनी देशको ।।
उर्जाशील कवि देवमणिको सुुस्केराभित्रका कविताहरूमा देशप्रेम, राष्ट्रभक्ति, जनजागृति, लोकतान्त्रिक मूूल्यमान्यताबाट चिप्लिएका भ्रष्ट अगुवाहरूको दुुर्गन्धित चरित्र र अहंकारमा चोटिलो झापड, मानवीय एवं आध्यात्मिक विचारको पुट, असत्यको विरोध, नेपाली युवाको आप्रवाशन, नूतन वर्तमानका विसङ्गतिजस्ता पक्षमा भित्री उच्छवास लामै सुुस्केरामा सुुसेलेका छन् । उनी ‘आफ्नो कलमबाट’-को मन्तव्यमा भन्छन् ः ‘कविता लेख्नका लागि मात्र लेखिने वस्तु नभई यो जीवन र जगत्लाई हेर्ने नवीन दृष्टिकोण बनोस् भन्ने मेरो भित्री चाहना रहेको छ । त्यसैले जीवन र जगत्मा देखिएका भोगिएका घटना, समस्या, पीडा, हाँसो खुशीलाई छन्दकविताको माध्यमबाट व्यक्त गर्ने कोसिस गरेको छु ’।

भूूमिकाकार अनिल अधिकारीले कृतिवारे सटिक र सूत्रात्मक चिरफार गरेर देवमणिको आगामी काव्ययात्रालाई मार्गदर्शन गराएका छन् । वर्णविन्यासको दृष्टिबाट मुुद्रण केही त्रुुटिपूूर्ण छन् भने केही कवितामा छन्द लक्षणहरू चिप्लिएको पनि भेट्टाइन्छ । काव्य हेतुका दृष्टिमा अभ्यास र व्युुत्पत्तिले मूूर्तता दिएका छन् भने शब्लालंकार र अर्थालंकारले वनितारूपी कवितालाई चिरिच्याट्ट पारेर सिँगारिएको छ । ओज, प्रासाद र माधुुर्य गुणमा शान्त, भक्ति, शृंगार, करुण र कतै वीररसले पनि अभिशिक्त छ देवमणिका कविताका धुनहरू । अभिधा र लक्षणा शब्दशक्ति कतै व्यञ्जनाले पनि खुट्टा घुमाएको छ । अन्त्यमा कविको झर्छ यो जिन्दगानीको एक पाउ :
गुुड्दागुड्दै सडक पथमा, बित्छ यो जिन्दगानी ।
हिँड्दाहिँड्दै विवश रथले किच्छ यो जिन्दगानी ।।
चढ्दाचढ्दै शिखर नचुमी झर्छ यो जिन्दगानी ।
सर्दासर्दै हरित नबनी मर्छ यो जिन्दगानी ।।
अन्त्यमा दमदार युवा लेखनी छन्दकवि देवमणिजीको काव्ययात्राले शिखर चुमोस् । शालीन र भित्री तागत परिपूर्ण उनका सुुस्केराभित्रका काव्याहार हरेक पाठकको लागि आशाको दीप बाल्ने खालको छ । समाप्तम् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?