झापाको एउटा गाउँपालिकामा ५५ जना क्यान्सरका बिरामी

हिमालय टाइम्स
Read Time = 2 mins

झापा । झापाको हल्दिबारी गाउँपालिकामा ५५ जना क्यान्सरका बिरामी रहेका छन् ।

हल्दिबारीमा क्यान्सरका ५५ जना, किड्नी प्रत्यारोपण गरेका ४ जना, डायलाइसिस गरिरहने १४ जना र मेरूदण्ड पक्षघातका बिरामी पाँच जना रहेका पालिकाको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिनुभयो।

सरकारले क्यान्सर, डाइलोसिस, किड्नी प्रत्यारोपण र मेरूदण्डका पक्षघात भएका बिरामीलाई मासिक औषधि उपचार खर्च पाँच हजार रुपैयाँ दिने निर्णयअनुसार हालसम्म हल्दिबारीमा दर्ता भएका बिरामीहरुको संख्या ७८ जना पुगेको छ ।
स्वास्थ्य शाखाले दिएको तथ्याङ्कअनुसार वडा नं। १ मा १९ जना क्यान्सर, ४ जना डायलाइसिस, २ जना किड्नी प्रत्यारोपण र एक जना मेरुदण्ड पक्षघातका बिरामी छन् ।

वडा नं. २ मा १७ जना क्यान्सर, ४ जना डायलाइसिस र एक जना मेरूदण्ड पक्षघातका बिरामी छन् । वडा नं. ३ मा ५ जना क्यान्सर, ३ जना डायलाइसिस, १ जना किड्नी प्रत्यारोपण र एक जना मेरूदण्ड पक्षघातका बिरामी छन् ।

वडा नं. ४ मा ४ जना क्यान्सर, २ जना डायलाइसिस, १ जना किड्नी प्रत्यारोपण र १ जना मेरूदण्ड पक्षघातका बिरामी छन् । वडा नं. ५ मा १० जना क्यान्सर, १ जना डायलाइसिस, १ जना किड्नी प्रत्यारोपण र १ जना मेरूदण्ड पक्षघातका बिरामी छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?