काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेट अधिवेशनको पहिलो बैठकमा नाराबाजी गरेको छ ।
सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले नाराबाजी गरेका हुन् ।
उनीहरुले सहकारी पीडितलाई न्याय दे, सहकारी ठगी प्रकरणमा संसदीय छानविन गठन गर लगायतका नारा लगाएका छन् ।
पटक पटक सभामुख गर्नु भएको अनुरोधको बेवास्ता गर्दै कांग्रेस सांसदले नाराबाजी गरेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेको घोषणा गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच