वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दोस्रो टि-२० प्रतियोगितामा वेस्ट इन्डिज ‘ए’का कप्तान रोस्टन चेजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । आजको खेलमा  नेपालका प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित अनिल शाह, सागर ढकाल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, आकाश चन्द र लोकेश बम छन् ।

साथै वेस्ट इन्डिज  ‘ए’को प्लेइङ ११ मा कप्तान रोस्टन चेज, एलिक अथान्जे, केसी कार्टी, जोनसन चाल्र्स, आन्द्रे फेलचर, म्याथ्यु फर्ड, ओबेद, म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स छन् । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?