काठमाडौं । जयकुमार नाथ साह मेमोरियल यू-१६ अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको शनिबार भएको सेमिफाइनल खेलमा सैनिक आवासीय महाविद्यालय र मोक्षदा स्कुल फाइनलमा प्रवेश गरेका छन् । सैनिक आवासीय महाविद्यालयले एन्जल्स हार्ट स्कुललाई र मोक्षदाले ड्याभ स्कुललाई पराजित गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा सैनिक ८८ रनले विजयी भएको हो । पहिले ब्याटिङ गरेको सैनिकले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएको थियो । १७२ रनको लक्ष्य पछ्याएको एन्जल्स हार्ट स्कुलले १७ ओभरमा १० विकेट गुमाएर मात्र ८३ रन बनायो । सैनिकका लागि रिगल महतले सर्वाधिक ५१ रन जोड्नुभएको थियो । त्यस्तै राजदीप आचार्यले ४० र रोजल खड्काले ११ रन प्रहार गर्नुभयो । एन्जल्सका लागि युवराज खत्रीले सर्वाधिक ४२ रन जोड्नुभएको थियो । सैनिकका लवकुमार ठाकुर खेलको म्यान अफ दि म्याच घोषित हुनुभयो ।
यस्तै अर्को खेलमा मोक्षदाले ड्याभ स्कुललाई १२ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको मोक्षदाले १८.४ ओभरमा १० विकेट गुमाएर १०५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको ड्याभले १९.१ ओभरमा १० विकेट गुमाएर मात्र ९३ रन बनाउन सक्यो । मोक्षदा स्कुलका सूर्या सिंह खेलको म्यान अफ दि म्याच घोषित हुनुभयो ।
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगितामा १६ टिमबीच प्रतिस्पर्धा भइरहेको छ । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइँदैछ । विजेताले एक लाख ५० हजार तथा उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगदसहित गिफ्ट हृयाम्पर दिइनेछ । प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ ले एक हजार नगदसहित गिफ्ट हृयाम्पर पाउनेछन् ।
मुख्य प्रायोजकमा स्व. जयकुमार नाथ शाहका परिवार छन् । जम्मा २७ खेल हुने प्रतियोगिताका खेलहरू मूलपानीका दुवै क्रिकेट मैदानमा खेलाइँदैछ । फाइनल खेल आज(आइतबार) हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच