बझाङमा मत गणनाको लागि सर्वदलीय बैठक सुरु

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 2 mins

बझाङ । बझाङमा मत गणनाको लागि सर्वदलीय बैठक सुरु भएको छ । उपनिर्वाचनअन्तर्गत बझाङ-१ को क मा मतगणना अघि सर्वदलीय बैठक सुरु भएको हो । बैठक सकिएलगत्तै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकारी सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।

सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरू पनि उपस्थित छन् । जिल्ला सदरमुकाम स्थित जिल्ला अदालतमा बसेको बैठकमा सहमति जुटाएर मतगणना थालिने छ ।

बझाङ-१उपनिर्वाचनमाकुल ४९.१२ प्रतिशतअर्थात् ३० हजार तीन सय २८ मत खसेको आयोगले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी मानबहादुर धामीकाअनुसार शनिबार सम्पन्न बझाङ १ (क) को प्रदेश सभाको निर्वाचनका ९० वटा केन्द्रका मतपेटिका हिजो रातिनै सदरमुकाममा सङ्कलन गरिएको हो भने आजबिहान साइपाल गाउँपालिकाको काँडा धुली र याराङकुरिङ डाँडा केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत मतगणनास्थलमा ल्याइएको छ । सर्वदलीय बैठक सुरु भएलगत्तै मतगणना सुरुहुने आयोगले जनाएको छ । बझाङ १ मा ११ जना उम्मेदवार प्रतिस्पर्धा गर्दै छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?