जनता दिन प्रतिदिन समस्यामा पर्दा सरकार तस्करबाट कमिसन लिन तल्लिन छ : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार तस्करबाट कमिसन खान तल्लीन भएको आरोप लगाउनुभएको छ । ९ केजी सुनलाई दुई किलो देखाएको भन्दै उहाँले बाँकी ७ किलोमा सरकारले कमिसन खाएर छाडेको आरोप लगाउनु भयो ।

सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

सरकार तस्करलाई संरक्षण दिएर कमिसन खान तल्लिन रहेको र बाहिर भ्रष्ट्राचार अन्त्य गछौं भन्दै जनताको आँखामा छारो हाल्ने गरेको उहाँको भनाई छ । उहाँले एक क्वीन्टल सुन ६० किलो हुनुमा पनि सरकारको मिलोमतो रहेको बताउनु भयो ।

सरकारले भ्रष्ट्राचारी र तस्करी गराएको अरोप लगाउनु भयो । त्यही कारण एक क्वीन्टल सुन प्रकरणमा छानविन समिति बनाऔं भन्दा सरकारले एक महिना लगाएको बताउनु भयो।

ललिता निवास काण्डमा जमिन कब्जा गर्नेलाई नभई किन्नेलाई कारवाही गरेको भन्दै उहाँले ललिता निवास प्रकरणलाई नै कृत्य गर्न खोजिएको आरोप लगाउनु भयो ।

जनता आर्थिक मन्दीको मार खेपिरहेको वेला प्रधानमन्त्री तीर्थ भ्रमण गर्न तल्लीन रहेको ओलीले आरोप लगाउनु भयो । ‘कहीले गेरु बस्त्र धारी भएका छन्, महिले मानसरोवर घुमेका छन्,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘जनता दिन प्रतिदिन समस्यामा परिरहेका छन्, सरकारले ती समस्या हेर्न पनि चाहेको छैन  ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?