सडकका संरचना हटाउन सर्लाहीमा सचेतनामूलक र्‍याली

Read Time = 4 mins

-प्रकाश मैनाली
सर्लाही । सडकको दायाँबायाँ ७५ फिट क्षेत्र खाली गर्न सात दिने सूचना निकालेको लालबन्दी नगरपालिकाले त्यसको कार्यान्वयनका लागि सचेतनामूलक र्‍याली निकालेको छ ।

लालबन्दी नगरपालिका, उद्योग वाणिज्य संघ लालबन्दी, चेम्बर अफ कमर्श लालबन्दी, बाल संरक्षण संस्था लालबन्दी, लालबन्दी जेसिस लालबन्दी विध्यार्थी, प्रहरीको संयुक्त आयोजनामा पश्चिम जनज्योती क्याम्पसदेखि पूर्व ईलाका प्रहरी कार्यालय अगाडि सम्म सचेतनामूलक र्‍याली निकालिएको हो ।

स्वच्छ, सुन्दर र समुन्नत लालबन्दी नगर निर्माण हाम्रो अभियान नारा दिएको उक्त सचेतनामूलक र्‍यालीमा ठेलागाडी देखि ठुला महल सम्मका सम्पूर्ण व्यापारीहरुको मागलाई सम्बोधन गर्दै सुन्दर र समुन्नत नगर निर्माण अभियानमा ऐक्यवद्धता जनाउँदै उनीहरु सचेतनामूलक ¥यालीमा सहभागि भएका स्थानीय सचेत युवा मनोज बख्रेलले जानकारी दिनुभयो ।

सो अवसरमा उनीहरुले सडकमा रहेका स्टल, पसल, ठेलागाडा, ई–रिक्सा, अटो, म्याजिक लगायतलाई नगरपालिकाले सडकको दायाँबायाँ ७५ फिट खाली गर्ने अभियानमा सहयोग गर्न र ती संरचनाहरु सडकमा नराख्न आग्रह गरेका थिए । त्यस्तै उनीहरुले सडकमा निर्माण सामाग्री समेत नराख्न अनुरोध गरेका थिए ।

सडकमा त्यस्ता फुटपाथ पसल, ठेलागाडा, स्टल, सवारी साधन र निर्माण सामाग्री समेत राख्दा सडकको अवस्था कुरुप बन्दै गएको, बजारको सुन्दरतामा समेत कमी आएको, दुर्घटनाको जोखिम बढेको भन्दै त्यस्ता संरचना हटाउन नगरपालिकाले ७ दिने सूचना नै निकालेको थियो । नगरपालिकाले जारी गरेको सूचनाको कतै समर्थन कतै आलोचना भईरहेको बेला यहाँका सरोकारवाला संघसंस्थाले भने नगरपालिकाको योजनामा ऐक्यवद्धता जनाउँदै र्‍यालीमा सहभागि भएको बताएका छन् ।

नगरपालिकाले जारी गरेको सूचना २७ गते सकिँदै छ । आज सचेतनामूलक र्‍याली मार्फत फुटपाथ व्यापारीहरुलाई संरचना हटाउन सचेत गराइएको भएपनि भोलिदेखि संरचना नहटाए स्थानीय प्रहरी प्रशासनसँगको समन्वयमा ती संरचनाहरु नगरपालिकाले नै हटाउने र संरचना हटाउन लाग्ने खर्च समेत व्यापारीहरुबाट असुल उपर गरिने नगरपाकिाका सूचना अधिकारी रेवती प्रसाद पौडेलले जानकारी दिनुभयो ।

यता फुटपाथ व्यापारीहरुले भने सडकको क्षेत्राधिकारभित्र पर्ने साँढे ८२ फिट नै क्लिएर गरेमात्रै आफूहरुले सहयोग गर्ने बताउँदै आईरहेका छन् ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Som diyali
Som diyali
2022-09-10 7:23 pm

पत्रकारले सिधै कपी पेस्ट गर्नु भन्दा अलि फरक एङ्गलले लेख्ने प्रयास गरेकाे भए हुने थियाे कि ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?