काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर-उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले दिनुभएको जानकारी अनुसार जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनार र उपप्रमुख रौशन खातुनसहित १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हाे।
सो नगरपालिका प्रमुख र उपप्रमुखसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जनाले गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हाे ।
आर्थिक वर्ष २०७९–०८० मा सञ्चालित बजार क्षेत्रभित्र पीपीसी ढलान कार्यमा नगर प्रमुख, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र अधिकृत छैठौं धिरेन्द्र झाले योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झुट्टा विवरण पेश गरेको अख्तियारको दाबी छ ।
उनीहरूविरुद्ध ५ लाख ८४ हजार ६३७ बिगो कायम गरी बिगोबमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदाबी लिइएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै नगरपालिकाका वरिष्ठ इन्जिनियर पवन कुमार झा, इन्जिनियर राकेश कुमार चौधरी र सव(इन्जिनियर दिपेशकुमार साहविरुद्ध पनि मुद्दा दायर भएको छ ।
कार्यपालिका सदस्य सोगरा खातुन र जलेश्वर नगरपालिकाका वडा नं. १ का वडाध्यक्ष अनिल कुमार झालेसमेत उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवीविरुद्ध पनि भ्रष्ट्राचार मुद्दा दायर भएको घिमिरेले जानकारी दिनुभयो।
दोषी सबैविरुद्ध समान बिगो कायम गरिएको अख्तियारले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच