राजविराज । सप्तरीको सप्तकोशी नगरपालिका-१ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । विहिवार विहान करिव ७ वजे सुरक्षा गार्ड ५६ वर्षीय पर्शुराम फुयाल सुतेकै ठाउँमा मृत फेला परेका थिए ।
गार्डको कोठा अबेरसम्म नखुलेपछि बैंकका कर्मचारीले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए । वरिपरी रगतका टाटा पनि देखिएपछि अनुसन्धानकै क्रममा फुयालको हत्या भएको प्रहरीले जनाएको छ।
बिहीबार विहानैदेखी जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुन्डीराज न्येउपाने , इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी महेन्द्र नेपालको सयुक्त टोलीले हत्याको बारेमा अनुसन्धान थालेको छ । डिएसपी नेपालका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानबाट गार्ड फुयालको धारिलो हतियार प्रयोग गरेर हत्या भएको देखिएको र थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।
नायब उपरीक्षक नेउपानेका अनुसार 'लुटपाट गर्ने उदेश्यले आएकाहरुले हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखिन्छ' उहाँले भन्नुभयो, 'हत्या घटनाबारे थप अनुसन्धान भइरहेको छ ।'
विगत ८ वर्षदेखि बैंकमा गार्ड रहेका सप्तकोशी नगरपालिका- २ बस्ने मृतक फुयालका श्रीमती २ छोरा र २ छोरी छन् । उनी नेपाली सेनाबाट सेवा निवृत्त भएपछि गार्डको रुपमा काम गर्न थालेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच