काठमाडौं । जर्मनी क्लब बोरुसिया डोर्टमण्ड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।
गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा पिएसजीलाई १–० गोल अन्तरले पराजित गर्दै समग्रमा २–० को नतिजा सहित फाइनलमा पुगेको हो ।
डोर्टमण्डको जितमा खेलको ५०औं मिनेटमा माट्स हुमेल्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस अघि पहिलो लिगमा पनि डोर्टमण्डले पिएसजीलाई १–० गोल ले नै पराजित गरेको थियो । डोर्टमण्ड तेस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।
यस अघि एक पटक १९९७ मा च्याम्पियन्स लिग जितेको डोर्टमण्ड त्यसपछि २०१३ मा फाइनलमा पुगेर पराजित भएको थियो । अब डोर्टमण्डले फाइनलमा रियल म्याड्रिड र बायर्न म्युनिखबीचको विजेतासँग खेल्ने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच