![जनस्वास्थ्य नीतिमा हरिवनको प्रयास](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/hariban.jpg)
ललितपुर । प्रथम सिएच आइटिएफ एसियाली तेक्वान्दो प्रतियोगिता आइतबार समापन भएको छ । ललितपुरको कराँते हलमा तीन दिनसम्म जारी प्रतियोगितामा आठ एसियाली मुलुकबाट करिब एक हजार २०० खेलाडीहरूले सहभागी जनाएका थिए ।
समापन कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले सम्बोधन गर्नुभएको थियो ।
८५ स्वर्ण, ८५ कांस्य र ११६ स्वर्ण पदक रहेको खेलमा २५ स्वर्णसहित नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ । यस्तै, १२ स्वर्णसहित बंगलादेश फस्ट रनर अफ भएको छ ।
सात स्वर्णसहित मलेसियाले सेकेण्ड रनर अफको उपाधि हात पारेको छ । प्रतिस्पर्धा इन्डिभिजुल स्पाइरिङ, इन्डिभिजुल प्याट्रन र ग्रुप प्याट्रन गरी तीन विधामा भएको हो ।
उत्कृष्ट पुरुष खेलाडीतर्फ नेपालकै राजेश विक र महिलातर्फ उत्कृष्ट खेलाडी नुवी मानन्धर हुन सफल हुनुभएको छ । उत्कृष्ट अनुशासित समूहको उपाधि भने बंगलादेश हात पारेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच