जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ललितपुर र झापामा जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-५ लेले बस्ने ३४ वर्षीय ईन्द्र नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईन्द्रले ती महिलालाई गत बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी झापामा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारा जिल्ला घर भई कन्काई नगरपालिका-४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सामहम्दले ती बालिकालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?