गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरामा सचेत छुः उम्मेदवार पौडेल

Read Time = 2 mins

नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति बनेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उदेश्य रहेको बताउनुभएको छ ।

बिहीवार राष्ट्रपति निर्वाचनका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानको अक्षरशः भावनालाई इमान्दारितापूर्वक पालना गर्नेकुरामा आफूलाई समर्पित गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उम्मेदवार पौडेलले गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरामा आफू सचेत रहेकाले सोही अनुसारको व्यवहार हुने बताउनु भयो । उहाँले आफू सबैको माया पाएर राष्ट्रपति बन्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य हो मेरो । संविधानको अक्षरशः भावनालाई इमान्दारितापूर्वक पालना गर्नेकुरामा आफूलाई समर्पित गर्छु । गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरा म सचेत छु । सबैले माया गरेका छन्, सबैको विश्वासमा रहनेछु ।’

उम्मेदवार पौडेलले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगरेर आफ्नै सहयोग गरेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?