काठमाडौं । एभरेष्ट बैंकले मायादेवी गाउँपालिका ३ स्थित जगदम्बा स्पिनिङ मिल्सको प्रांगणमा बैंकको एटिएम स्थापना गरेको छ । एटिएम उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्तरूपमा गर्नुभएको हो ।
पछिल्लो एटिएमसँगै बैंकको एटिएम संख्या एक सय ६३ पुगेको बैंकले जनाएको छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले एटिएम सेवा विस्तारसँगै मिल्समा कार्यरत सम्पूर्ण मजदुर र कर्मचारी तथा मायादेवी गाउँपालिका ३ का स्थानीय बासिन्दालाई थप सहज र सरल हुने बताउनुभयो । मिल्सका निर्देशक न्यौपानेले बैंकले आफ्नो प्रांगणमा एटिएम सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्नुभयो ।
सोही अवसरमा बैंकले उक्त मिल्समा कार्यरत ५० भन्दा बढी मजदुरका लागि वित्तीय साक्षरता कार्यक्रमसमेत सञ्चालन गरेको छ । बैंकतर्फबाट लुम्बिनी प्रदेश प्रमुख लवप्रसाद कुईंकेल, भैरहवा शाखाका शाखा प्रबन्धक ध्रुवप्रसाद आचार्य र अधिकृत अमित थापाले बचतबारे चर्चा गरेका थिए । सो अवसरमा बैंकका बुटवल शाखा प्रबन्धक नवीन पण्डित क्षेत्री र मिल्सका अंकुर न्यौपानेको समेत उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच