रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नु भएको छ । आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री महराले विश्वासको मत प्राप्त गरेका गर्नु भएको हो।
आफुप्रति प्रदेशसभाको विश्वास रहेको पक्षमा मत दिन आह्वान गर्दै मुख्यमन्त्री महाराले म भन्ने भावनाबाट नभै हामी भन्ने भावनाबाट प्रदेश सरकार संचालन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । उहाँले विकासको वार्षिक क्यालेण्डर बनाएर अगाडि जाने बताउँदै सबैको भावनालाई समेटेर सरकार संचालन गर्ने बताउनु भएको थियो। निरासाबादमा रुमल्लिएकाहरुले दुनियाँ बदल्न नसक्ने बताउँदै यथास्थितीबादबाट परिवर्तन हुन नसक्ने उल्लेख गर्दै उहाँले आफुहरु नयाँ चिज प्राप्त गर्न निरन्तर बिद्रोह गर्न तयार रहेको बताउनु भयो।
महराको प्रस्तावलाई लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा प्रदेशसभाका ४८ जना सदस्यहरुले महरा प्रति विश्वास छ भन्ने अर्थात हुन्छ भन्ने पक्षमा मतदान गरेका छन् भने महरा प्रति विश्वास छैन अर्थात हुन्न भन्ने पक्षमा २८ मत प्राप्त भएको थियो ।
मुख्यमन्त्री महरालाई माओवादी, एमाले, नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीले पक्षमा मत दिएका थिए । सभामा सभामुख घर्तीले मुख्यमन्त्री विश्वासको मत प्राप्त भएको घोषणा गर्दै महरालाई बधाई दिनुभएको थियो । प्रदेशसभाको बैठक बैशाख २ गते बस्ने गरि अन्त्य भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच