काठमाडौं । एनसेल आजियाटाले एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ वीरगञ्जको घण्टाघर (शिव आँखा अस्पतालनजिक) नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ । एनसेलका चिफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले एक कार्यक्रमबीच बिहीबार एनसेल सेन्टरको उद्घाटन गर्नुभएको हो ।
आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ तथा थिम ‘हामी तपाईंकै लागि’ अनुरूप स्थापना गरिएको एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाबारे सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ जानकारीलगायत विभिन्न कर्पोरेट सेवा लिन सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी ग्राहकले आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्ने, सियुजी नम्बर आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्न, ब्यालेन्स रिचार्ज र ट्रान्सफरलगायतका सेवाहरू प्राप्त गर्न सक्ने बताइएको छ ।
नयाँ सेन्टर उद्घाटनका अवसरमा सेन्टरबाट सय र सोभन्दा बढी ब्यालेन्स रिचार्ज गर्ने हरेक ग्राहकलाई एनसेलका विभिन्न उपहार प्रदान पनि गरिएको थियो । यसअघि माईस्थान वीरगञ्जमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दैै आएको कम्पनीले देशका विभिन्न भागमा ३४ एनसेल सेन्टर सञ्चालन गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच