आरबिबी मर्चेन्टको लाभांश पारित

Read Time = 2 mins

काठमाडौं । आरबिबी मर्चेन्टको प्रस्तावित लाभांश पारित भएको छ । आरबिबी मर्चेन्ट बैंंकिङको सातौं वार्षिक साधारणसभाले प्रस्तावित ७.५ प्रतिशत नगद लाभांश पारित गरेको हो । कम्पनीका लगानीकर्ताले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सो मात्राको नगद लाभांश पाउनेछन् । राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरबिबी मर्चेन्ट बैंंकिङले ग्रामीण क्षेत्रमा समेत सेवा विस्तार गर्ने योजना बनाएको छ ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र सीमित रहेको मर्चेन्ट बैंकिङ सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालीन सोचअनुरूप रणनीति तयार गरी कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताले पनि मर्चेन्ट बैंकिङ सेवा लिन सकिने वातावरण बनाउनुपर्ने बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको मर्चेन्ट बैंकिङले इस्यु मेनेजमेन्ट, आरटिएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ, डिपोजेटरी पार्टिसिपेन्टलगायतको सेवा प्रदान गरिरहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?