काठमाडौं । एमसिए-नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा चार सय केभी नयाँ बुटवल सबस्टेसन निर्माणसम्बन्धी ठेक्का सम्झौता लिङ्कसन इण्डिया प्रालिसँग गरेको छ । सबस्टेसन निर्माण सम्झौता अवधिको ३९ महिनाभित्र सम्पन्न हुने बताइएको छ । बर्दघाट सुस्ता पश्चिम जिल्लामा बिहीबार आयोजित हस्ताक्षर समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसन, स्थानीय अधिकारी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा अमेरिकी राजदूत थम्पसनले भन्नुभयो, ‘नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको सुनिश्चित गर्ने सन्दर्भमा अमेरिकी सरकार नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छ । घरेलु उपभोग, विस्तारित व्यापारिक एवं औद्योगिक संस्था तथा सीमापार विद्युतीय व्यापारका लागि भरपर्दाे एवं धान्न सकिने विद्युत् उपलब्ध गराइरहेको नेपालको विद्युत् प्रसारण क्षमतामा यस चार सय केभी नयाँ बुटवल सबस्टेसनले सुधार ल्याउनेछ ।’
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘यो चार सय केभी सबस्टेसन प्राधिकरणको प्राथमिकतामा रहेको संरचना हो र यसले यस क्षेत्रमा सीमापार ऊर्जा व्यापार उल्लेख्यरूपमा उकास्न विद्यमान दुई सय २० केभी सबस्टेसनलाई सघाउनेछ ।’
एमसिए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा भइरहेका समष्टिगत प्रगतिमाथि प्रकाश पार्दै भन्नुभयो, ‘एमसिए-नेपालले विद्युत् प्रसारण आयोजनाअन्तर्गत प्रसारण लाइन र सबस्टेसन निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई तीव्रतासाथ अघि बढाइरहेको छ । बाँकी दुईवटा सबस्टेसन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न हामी खरिद प्रक्रियाको अन्तिम चरणमा छौँ ।’ एमसिए-नेपालले नेपाल सरकारको लगानी तथा अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पाेरेसनबाट आर्थिक अनुदान प्राप्त विद्युत् प्रसारण आयोजनाअन्तर्गत उक्त सबस्टेसनका अतिरिक्त नुवाकोटको रातमाटे र तनहुँको दमौलीमा पनि एक–एकवटा सबस्टेसन निर्माण गर्दैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच