काठमाडौं । इनड्राइभको योरपेस किप फिट सर्किट नेपाल सुरु भएको छ । कम्पनीका अनुसार तालिम सबै उमेर र क्षमताका व्यक्तिका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले डिजाइन गरिएको हो । आगामी असोज ९ गतेसम्म चल्ने यो रनिङ तालिम नेपालमा हेल्थ एण्ड वेलनेसको संस्कृतिलाई बढावा दिन इनड्राइभले गर्ने प्रयासको नेपाल एडिसन हो ।
कार्यक्रमले प्रमुख आठ स्थान काठमाडौं (दशरथ रंगशाला, स्वयम्भू), पोखरा, ललितपुर, भक्तपुर, कीर्तिपुर, हेटौंडा र बुटवलका लगभग चार सय ५० सहभागीलाई संलग्न गराउने लक्ष्य लिएको छ । उल्लेखित स्थानमा प्रशिक्षण सत्र सञ्चालन हुनेछन् भने दर्तापछि प्रत्येक सहभागीका लागि तालिका निर्धारित गरिनेछ ।
कम्पनीका अनुसार योरपेस किप फिट सर्किट नेपाल सहभागीमा सकारात्मक सोच र शारीरिक तन्दुरुस्ती प्रवद्र्धन गर्न विशेष गरी बालबालिका र धावकलाई लक्षित गरी डिजाइन गरिएको पहल हो ।
निःशुल्क तालिम कार्यक्रमले समुदायभित्र फिटनेस र वेलनेस संस्कृतिलाई बढावा दिँदै सक्रिय र स्वस्थ जीवनशैली अपनाउन उत्प्रेरित गर्ने लक्ष्य लिएको छ । प्रशिक्षण सकिएपछि इच्छुक सहभागीले १६औँ काठमाडौं म्याराथनमा भाग लिने अवसर पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच