उपराष्ट्रपतिमा सहयोग गर्न प्रधानमन्त्रीसँग जसपाको आग्रह

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनता समाजवादीका नेताहरुले उपराष्ट्रपतिमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका जसपा संसदीय दलका नेता रामसहाय यादवलाई सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।

आगामी ३ चैतमा उपराष्ट्रपति पदको निर्वाचन हुँदै छ ।  प्रधानमन्त्री प्रचण्डलाई सोमबार भेटेर उपराष्ट्रपतिमा रामसहाय यादवलाई सहयोग गर्न आग्रह गरेको जसपा नेता प्रदीप यादवले जानकारी दिनुभयाे ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले संघीयता र गणतन्त्रको रक्षा निमित्त आफु र आफ्नो दलले यादवलाई सहयोग गर्ने बताउनुभएकाे उहाँले जानकारी दिनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?