काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवारले अग्रता फराकिलो बनाउनुभएको छ ।
ताजा मतपरिणाम अनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १० हजार २ सय ४१ मत प्राप्त गरी आफ्नो अग्रता कायम राख्नुभएको हो ।
त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा ९एमाले० का केशव स्थापितले ५ हजार ४ सय ५३ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार सिर्जना सिंहले ४ हजार ७ सय ४२ मत प्राप्त गर्नुभएको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिनुभयो । पहिलो स्थानमा रहेका बालेन र तिरन्तर पछ्याइरहेका स्थापितबीच ४ हजार ७ सय ८८ मतान्तर रहेका छ ।
हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा ६ स्थानबाट कामपाको मत गणना कार्य भइरहेको छ ।
वडा नम्बर १ र २ को मत परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ अध्यक्ष पदमा विजय हुनुभएको छ । त्यसैगरी वडा २ मा एमालेको तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजय हुनुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको