मतगणना अन्तिम चरणमा : बालेन र सुनिता प्रतिष्पर्धीभन्दा दोब्बर मतले अगाडी

Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकामा २९ वटा वडाको मतगणना सकिँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५९ हजार १४९ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौं महानगरपालिकामा बाँकी ३ वडा १४, १५ र १६ को मतगणना जारी छ ।

हालसम्म कुल एक लाख ८३ हजार ६७९मत गणना हुँदा मेयर पदमा एक लाख ५४ हजार ८९५ सदर मत परेको छ। जसमा स्वतन्त्र उम्मेदवार बालेन साह पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो स्थानमा हुनुहुन्छ ।

मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५९ हजार १४९ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ३७ हजार २१८ मत ल्याउनु भएको छ ।

यस्तै, चौथो स्थानमा रहनुभएका स्वतन्त्र उम्मेदवार सुमन सायमीले हालसम्म १३ हजार ३५४ मत प्राप्त गर्नुभएको छ ।

उपमेयर तर्फ एमाले उम्मेदवार सुनिता डंगोलले ६६ हजार ८७८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत मात्रै पाउनुभएको छ ।

काठमाडौं महानगरमा एक लाख ९१ हजार १८६ मत खसेको थियो। मतगणना आज दिउँसोसम्म सकिने निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?