कर्तव्य ज्यानका प्रतिवादी १४ वर्षपछि पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

बाँके  । कर्तव्य ज्यान मुद्दाका प्रतिवादी नेपालगंज उपमहानगरपालिका-२२ बस्ने ५५ वर्षीय मोहमद् हाफिम खाँलाई  प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेको २०६६ असार २२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?