झापा । प्रहरीमाथि खुकुरी प्रहार गर्न खाेज्ने एकजना लागुऔषध कारोबारीलाई झापा प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।
सोमबार झापाको पुरानो सदरमुकाम झापा गाउँपालिकाको कुमरखोदबाट प्रहरीले गोली हानेर स्थानीय सरिकुल आलमलाई पक्राउ गरेको हो । सरिकुलले लागुऔषध कारोबार गर्ने लागेको सूचना पाएपछि उनलाई पक्राउ गर्न प्रहरी परिचालित भएको थियो ।
उनको घरमा गएर खानतलासी गर्न थालेपछि खुकुरीले प्रहरी माथि आक्रमण गर्न खोजेपछि उनलाई गोली हानेर पक्राउ गरिएको झापाका एसपी मिलन केसीले बताउनुभयो । सीमावर्ती कुमरखोदमा बसेर सरिकुलले लागुऔषध कारोबार गर्ने गरेको सूचना पाएपछि लागुऔषध नियन्त्रण ब्यूरो र झापा प्रहरीको संयुक्त टोली परिचालित भएको थियो ।
सरिकुल लामो समयदेखि त्यसक्षेत्रबाट लागुऔषध ओसारपसारमा संलग्न थिए। सोमबार पनि लागुऔषध किनेबेचका लागि मोलतोल हुँदै गर्दा प्रहरी त्यहाँ पुगेको थियो । सरिकुल पहिलादेखि शंकाको घेरामा थिए ।
सरिकुललाई कहाँ गोली लागेको छ प्रहरीले त्यो खुलाएको छैन । यद्यपि, घाइते उनलाई लाई प्रहरीले अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ । कुन अस्पताल हो त्यो पनि प्रहरीले गोप्य राखेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच