बर्डफ्लुका कारण भारतमा झन्डै एक हजार पंक्षी मारिए

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । पूर्वी भारतको झारखण्ड राज्यमा बर्ड फ्लुको प्रकोप पछि अधिकारीहरूले कुखुराहरू मार्न थालेका छन् ।

झारखण्डको राजधानी शहर राँचीमा रहेको सरकारी पोल्ट्री फार्ममा बर्डफ्लुका बिरामी फेला परेपछि स्थानीय सरकारी अधिकारीहरूले शतर्कता अपनाएका छन् ।

पशुपालन विभागका र्‍यापिड रेस्पोन्स कर्मचारीले मोराबादी क्षेत्रको कुखुरा फार्ममा हालसम्म ७७० हाँससहित ९२० कुखुरा मारिएको अधिकारीहरुले जनाएका छन् । पोल्ट्री फार्ममा रहेका ४ हजार ३ सय अण्डा पनि कर्मचारीले नष्ट गरेका छन् ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?