यस्तो छ तपाईंको भाद्र २३ गते बिहीबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

आज मिति २०७९ साल भाद्र २३ गते बिहीबार, ई.सं.- ८ सेप्टेम्बर, २०२२ । तिथि- भाद्र शुक्लपक्ष त्रयोदशी, नक्षत्र- श्रवण, योग- अतिगण्ड, करण- कौलव, चन्द्रराशि- मकर, सूर्योदयः ५ः४६, सूर्यास्तः १८ः१५ ।

मेष : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।

वृष : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।

मिथुन : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।

कर्कट : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।

सिंह : लक्ष्मी प्रशन्न रहनाले धनलाभ मिल्नेछ ।

कन्या : प्रेमीप्रेमिकामा केही किचलो निम्तनेछ ।

तुला : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।

वृश्चिक : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।

धनु : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।

मकर : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।

कुम्भ : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

मीन : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?