डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाइते

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । डोटीमा बोलेरो जिप दुर्घटना हुदाँ २ बालबालिका सहित ४ जनाको मृत्यु भएको छ। आईतवार राति ३ बजे केआई सिंह राजमार्गअन्तर्गत डोटीको शिखर नगरपालिका ६ अण्यौलमा धनगढी बाट बाजुरा आउदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो दुर्घटना हुदाँ २ बालबालिका सहित ४ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाजुराको हिमालि गाउँपालिका ५ कि २२ बर्षिय राधिका मलाल, ३२ बर्षिय धनशोभा बुढा धनशोभाका ६ बर्षिय छोरा कबिन्द्र बुढा र सोही ठाउँकि बिमला मलालकी ८ बर्षिय छोरी प्राथाना मलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

यस्तै दुर्घटनामा परि ५ जना घाइते भएका छन। घाइते मध्ये २१ बर्षिय बिमला मलालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। यस्तै अन्य घाइते हुनेमा हिमालि गाउँपालिका ५ कै ३० बर्षका प्रकाश थापा,२३ बर्षिय खोम मलाल,२४ बर्षिय दान बुढा र २१ बर्षिय राजु मलाल रहेका छन् । घाइतेहरुको शैलेश्वरी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

बोलेरोको एक्कासि अनियन्त्रित भई दुर्घटना भएको र चालक गौमुल गाउँपालिका ५ काडाकोटका २१ बर्षिय महेश बुढा प्रहरी नियन्त्रण रहेका छन।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?