बोलेरो दुर्घटनामा एक जनाको मृत्यु

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । भोजपुरमा सोमवार भएको बोलेरो दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

विहान जिल्लाको दक्षिण आमचोक गाउँपालिका वडा नम्वर ८, खैराङमा बालंखाबाट चुवार पुल यात्रु बोकेर हिँडेको बोलेरो गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक दल कुमार राईले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइतेहरुलाई थप उपचारको लागि धरान पठाउन लागिएको प्रहरी निरीक्षक राईले बताउनुभयो । राईले भन्नुभयो, 'गाडीमा चालकसहित ९ जना रहेको भन्ने छ, थप आधिकारिक जानकारी आएको छैन ।'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?