ग्रेस इभेन्टसको सातौं वार्षिकोउत्सवमा विभिन्न व्यक्तित्वलाई सम्मान

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । ग्रेस इभेन्टसले आफ्नो सातौं वार्षिकोत्सव तथा फुर्लिमा फाउण्डेशन को दोस्रो वार्षिकोत्सव काठमाडौंमा सम्पन्न भएको छ । भौतिक पूर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चौतारा साँगाचौकगढी नगरपालिकाका उप–प्रमुख सीता थापा विशिष्ट अतिथि रहनुभएको थियो ।

सो अवसरमा ‘फुर्ली स्मृति सप्तरंगी सम्मान २०८०’, फेशन शो तथा सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो । ग्रेस इभेन्टसका कार्यकारी अध्यक्ष तथा फुर्लिमा फाउण्डेसनका संथापक अध्यक्ष सुश्री मिङ्मा शेर्पाले ग्रेस इभेन्टसको सातौं वार्षिकोउत्सव तथा फुर्लिमा फाउण्डेशनको दास्रो वार्षिकोत्सव मनाउन पाउँदा खुशी लागेको बताउनुभयो ।

वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, वरिष्ठ कलाकार बसुन्धरा भुसाल, अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्य, गायक महेश काफ्ले, चलचित्र पत्रकार वर्षा बस्नेत, फुटबल खेलाडी डोना थापा तथा सामाजिक अभियन्ता मुस्कान खातुनलगायत विभिन्न विधाका सातजना व्यक्तित्वलाई ‘फुर्ली स्मृति सप्तरंगी सम्मान २०८०’ बाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा गायक सपन श्रेष्ठ, प्रिन्स राज, बिज्जु लिम्बू, कलाकार अर्जुन कार्की, नृत्यांगना वर्षा अधिकारी तथा शोना तामाङ, गायक तथा संगीत निर्देशक सन्तोष सहानी, मेकअप आर्टिष्ट टेकराज पाण्डयेलगायत सेलिब्रेटी अतिथि रहनुभको थियो । यस्तै सञ्चारकर्मी राजेन्द्र लुइँटेल, सोनितराज ढुंगेल, राजीव खत्री, सन्तोषकुमार थापा, डेभिल सिंह राजपुत, गीता अधिकारी, शर्मा जी, आशमान लोप्चानलगायतको उपस्थिति थियो ।

ग्रेस इभेन्टमार्फत स्कुल तथा कलेजमा अध्ययनरत छात्रछात्रालाई लक्षित गरी शिक्षा, मनोरञ्जन खेलकुद र सौन्दर्यको माध्यमबाट उनीहरूको व्यक्तित्व तथा नेतृत्वदायी क्षमता विकास, भाषण कला, अनुशासन, आन्तरिक कला प्रदर्शन र उच्च शिक्षामा भूमिका खेल्दै वार्षिक रूपमा राजधानी तथा मोफसलमा दर्जनौं सौन्दर्य प्रतियोगिता र अन्य मनोरञ्जात्मक कायक्रम आयोजना गर्दै आइरहेको महासचिव पवन कोइरालाले जानकारी गराउनुभयो ।

कार्यक्रममा ग्रेस इभेन्टसबाट विभिन्न समयमा आयोजित कार्यक्रमका सबै सहयोगी हातलाई सम्मान गर्नुका साथै सातौं वार्षिकोत्सवको उपलक्षयमा सातजना मोडेलहरू दुर्गा तामाङ, ऋतिका शाह, मुस्कान नेवार, ऋितु कार्की, सुजा श्रेष्ठ, महिमा चौधरी र तासी दोल्कर शेर्पाले विभिन्न थिममा फेशन शो प्रस्तुत गर्नुभएको थियो । उक्त शो को कोरियोग्राफी कोरियोग्राफर आर्शु महर्जनले तथा थिम अनुसारको लुगा श्वेताज क्रियशनका सञ्चालक श्वेता मल्ल ठकुरीबाट तयार पारिएको थियो ।

धर्मराज पनेरु, बिन्द्र प्रजापति, निमा तामाङ, दिवसराज भट्टराई, सबिन खड्का, एलिना तामाङ, सीमा विष्ट, कुशल श्रेष्ठ, झरना श्रेष्ठ, उषा महर्जन र अंकित मल्लले कार्यक्रमलाई सफल बनाउनका लागि अग्रपंक्तिमा रहेर कार्यक्रमलाई सफल बनाउनुभएको थियो भने उक्त कार्यक्रमको आयोजनाको जिम्मा ग्रेस इभेन्टसका सञ्चालक सुरज थापाले लिनुभएको थियो । कार्यक्रमको सहजीकरण आवाजको दुनियाका साथी दिनेश डिसीले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?