सेयर बजार १.२५ प्रतिशतले ओरालो

Read Time = 2 mins

काठमाडौं । साताको दोश्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा १.२५ प्रतिशतले ओरालो लागेको छ ।

आइतबार २.१६ अकले वृद्धि भएको नेप्से साेमबार २४.४६ अंकले घटेर १९३८.७६ विन्दुमा आएर रोकिएको छ ।

यस्तै, सेन्सेटिभ इन्डेक्सममा पनि १.३५ प्रतिशतले ओरालो लागेका छ । ४१ लाख २७  हजार बढीको कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ४  लाख  बढीको कारोबार भएको छ ।

यस्तै १८९  कम्पनीहरुको कारोबार हुँदा जम्मा १४ कम्पनीमा वृद्धि भएको छ । १८१ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको   छ ।

त्यस्तै, सयपत्री हाइड्रोपावर ३.१२ प्रतिशत, एनआइसि एसिया २.५६  प्रतिशतले वृद्धि भएको छ ।

यता,  रिडी पावर कम्पनीमा ३० करोड ८३ लाख ५७ हजार ४४ रुपैयाँ, शिभम् सिमेन्टको २० करोड २३ लाख ४६ हजार ६६२ रुपैयाँ र नबिल बैंक ८ करोड ४७ लाख बढीको कारोबार छ ।

सोमबार सबै उप सुचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै फाइनान्स र माइक्रो फाइनान्समा २ प्रतिशत बढिले ओरालो लागेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?