चीन र अमेरिकाद्वारा पोखरा विमान दुर्घटनाप्रति दुःख व्यक्त

Read Time = 1 min

काठमाडौं । पोखरामा भएको विमान दुर्घटनाप्रति चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन् ।

काठमाडौँबाट पोखराका लागि आज बिहान उडेको यति एयरलाइन्सको विमान पोखरामा अवतरण गर्नुअघि दुर्घटनामा परेको थियो । विमानमा चालक दलका चार सदस्यसहित ६८ यात्रु सवार थिए ।

यहाँस्थित अमेरिकी राजदूतावासले सामाजिक सञ्जालमार्फत उक्त दुःखद दुर्घटना अत्यन्त मर्माहत भएको उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

यसैगरी चिनियाँ राजदूत छेन सोङले ट्विट गर्दै विमान दुर्घटनाले निकै स्तब्ध भएको उल्लेख गर्दै दुःखद घडीमा नेपाली जनताका साथमा रहेको बताउनुभएको छ ।

उहाँहरुले विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?