सेवाग्राहीलाई निर्वाध सिंहदरवार प्रवेशको व्यवस्था गर्न संसदमा माग

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभा प्रकाश ज्वालाले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा सेवाग्राहीलाई गरिएको प्रवेश कडाइ अन्त्य गर्न माग गर्नुभएको छ ।

सरकारले लाइनविहीन सेवाको सुरुवात गरेको भए पनि सिंहदरवार प्रवेशका लागि सेवाग्राही लाइनमा लाग्ने गरेको प्रसङ्ग कोट्याउँदै जारी प्रतिनिधसभा बैठकमा उहाँले सिंहदरवारभित्र सेवाग्राहीलाई निर्वाध प्रवेशको व्यवस्था गर्न रुलिङको माग गर्नुभयो ।

मन्त्रालयजति सबै सिंहदरवारभित्र राख्ने र सेवाग्राहीलाई प्रवेशमा कडाइले सुशासनको प्रत्याभूति नहुने भन्दै सांसद ज्वालाले तत्काल सिंहदरवार प्रवेशलाई सहज गराउन माग गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?