‘चित्रा’ को निर्माण घोषणा

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘चित्रा’ बन्ने भएको छ । घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने चलचित्र ‘चित्रा’ को कास्ट एण्ड क्र्यु घोषणा गरिएको हो । आगामी भदौबाट छायांकनमा जाने चलचित्रमा अभिनेता अर्पण थापा र निर्माता सन्तोष अधिकारी मुख्य भूमिका रहनुहुनेछ । पारिवारिक कथामा निर्माण हुने यो चलचित्रको सम्पूर्ण छायांकन नेपालमा नै गरिनेछ । चलचित्रले एक अडिनरी बाबु र छोरीको कथा प्रस्तुत गर्ने निर्देशन लामिछानेले जानकारी गराउनुभयो ।

निर्देशक लामिछानेको निर्देशनमा निर्माण भएको चलचित्र ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ । यो चलचित्रको प्रदर्शनपश्चात् ‘चित्रा’ फ्लोरमा जाने तयारी भइरहेको छ । उहाँले यसअघि धौली, पञ्चेबाजा, अग्निदहनलगायतका चलचित्र निर्देशन गर्नुभएको छ ।
‘चित्रा’ एसाप इन्टरटेनमेन्टको प्रस्तुतिमा सन्तोष अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुनेछ ।

भावना पन्तको लगानी रहने यो चलचित्रको कथा अजय अधिकारीले तयार पार्नुभएको हो । अजयको कथालाई अहिले मनिष गौतमले पटकथा तथा संवादमा ढालिरहनुभएको छ । चलचित्रमा कथाकार अधिकारीको गीत रचना र सुरेश राईको संगीत रहनेछ ।

निर्माता अधिकारीले केही समयअगाडि ‘डलर एयुडी’ नामक चलचित्रको पनि निर्माण घोषणा गर्नुभएको थियो । त्यो चलचित्र पनि चाँडै फ्लोरमा जाने तयारीमा रहेको अधिकारी बताउनुहुन्छ । उहाँले निर्माण गरेको चलचित्र ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?