दक्षिण कोरियामा काम गरी फर्किएका नेपालीको उद्यमशीलता विकासका लागि अभिमुखीकरण तालिम सञ्चालन हुने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । कोरियामा रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरिया गइ फर्किएका रिटर्नीहरुको उद्यमशीलता विकासका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्ने भएको छ ।

मंगलवार ललितपुरमा एक कार्यक्रम गरी यसबारेमा जानकारी गराइएको हो । के हामी परियोजनाले सञ्चालन गर्ने अभिमुखीकरण कार्यक्रममा काईकाको लगानी रहेको छ । कोरियामा रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरिया गइ फर्किएका रिटर्नीहरुको उद्यमशीलता विकास गरी स्थायी पुनः एकीकरणको माध्यमबाट नेपालको सामाजिक, आर्थि विकासमा योगदान पुर्‍याउने उद्देश्यअनुरुप प्रथम पुनः एकीकरण तथा अभिमुखीकरण तालिम दिने भएको हो ।

कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायले इपिएस कोरियामार्फत कोरियाले नेपालीहरुलाई उल्लेखनीय रोजगारी उपलब्ध गराएको बताउनु भयो । उहाँले यो कार्यक्रमले कोरियामा रोजगारी गरेर फर्किएका नेपालीहरुलाई स्वदेशमै रोजगारीका अवसर र सुखद् जीवनका लागि अग्रसरता देखाएको बताउनु भयो । उहाँले नेपाल र कोरिया सरकारको सहकार्यमा सञ्चालन भइरहेको कार्यक्रमले धेरै नेपालीहरुलाई सहयोग पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘इपिएस कोरियामार्फत नेपाली दिदिबहिनी दाजुभाईहरुलाई कोरियाले उल्लेखनीय रोजगारी उपलब्ध गराएको छ । यो प्रोजेक्टले कोरियामा रोजगारी गरेर फर्किएका नेपालीहरुलाई स्वदेशमै रोजगारीका अवसर र सुखद् जीवनका लागि अग्रसरता जुन देखाएको छ, यो आफैँमा महत्वपूर्ण छ । नेपाल र कोरिया सरकारको पार्टनरसिपमा नै यो प्रोजेक्ट सञ्चालन भएको थाहा पाउँदा खुशी लागेको छ । मेरो विचारमा यो प्रोजेक्टको उद्देश्य ह्याप्पी रिटर्न एण्ड प्रस्पोरस रिटर्नी हुनुपर्छ जस्तो लाग्छ । यहीँ केही गरौँ भन्ने रुपमा लिनुपर्छ ।’

उहाँले यो कार्यक्रममले दक्षिण कोरियाबाट काम गरी फर्किएका नेपालीहरुलाई खुशी बनाउने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?