जेसीज सप्ताहमा सार्वजनिक जग्गामा वृक्षारोपण

होमनाथ सापकोटा चितवन, संवाददाता
Read Time = 2 mins

चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं ४ ले संरक्षण गरेको सार्वजनिक जग्गामा आइतबार वृक्षारोपण गरिएको छ । रत्ननगर जेसीजले जेसीज सप्ताहको पाँच दिन वातावरण संरक्षणको लागि सार्वजनिक जग्गामा वृक्षारोपण गरेको हो ।

वडा कार्यालयसंग सहकार्य गरी खुल्ला व्याम सेन्टर रहेको क्षेत्रलाई हरियाली बनाउने उद्देश्यले वृक्षारोपण गरिएको रत्ननगर जेसीजका अध्यक्ष नरहरी पुरीले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष रामकुमार चौधरीले सार्वजनिक जग्गा संरक्षण र खुल्ला ब्याम सेन्टरलाई हरियाली बनाउन जेसीजसंग सहकार्य गरेर वृक्षारोपण गरिएको बताउनुभयो । सार्वजनिक जग्गामा फोहोर फाल्ने प्रवृत्ति मौलाउदै गएको भन्दै त्यसलाई रोक्न वृक्षारोपण गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा जनप्रतिनिधि, जेसीजका पदाधिकारी तथा सदस्यहरुले विभिन्न जातका विरुवाहरु रोपेको रत्ननगर जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा सप्ताह मुल संयोजक रामप्रसाद पाण्डेले जानकारी दिनुभयाे । कार्यक्रममा वडा सदस्यहरु विश्वास रायमाझी, बविता चौधरी, आस्मा खातुन, मीना विक, पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा, सामाजिक अभियान्ता ज्ञानेन्द्रराज पाण्डेलगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक दीपक आचार्यले जानकारी दिनुभयो ।

रत्ननगर जेसीजका अध्यक्ष पुरीको अध्यक्षतामा भएको कार्यक्रम महासचिव सुरेशजंग पाण्डेले सञ्चालन गर्नुभएको थियो । रत्ननगर जेसीजले जेसीज सप्ताह तथा रजतजयन्तीको अबसरमा रत्नविज समिटलगायत समाज केन्द्रित विभिन्न कार्यक्रम गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?