प्रधानन्यायाधीश नियुक्ति सिफारिसबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बोलाइयो

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने भएको छ।

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि छलफल गर्नका लागि मंगलबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको हो ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताबीच छलफल भएकाे थियाे ।  छलफलमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुन्थ्यो ।

उक्त छलफलमा संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गर्ने र सदनमा देखा परेको अवरोध अन्त्य गर्ने विषयमा सकारात्मक छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्का अन्य सदस्यसँग छलफल गरेर छिट्टै परिषद् बैठक बोलाउने बताउनुभएको थियो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिंदैछ । प्रधानन्यायाधीशको कार्यकाल सकिन एक महिनाअघि नै प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि हालसम्म संवैधानिक परिषद्को बैठक बस्न ढिला हुँदै गएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?