![यस्ता छन् जौको सातु र सर्वत खानुका फाइदा](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/jauko-sarbat.jpg)
काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडाले कानुन व्यवसायी तथ्यका आधारमा पर्याप्त अध्ययन अनुसन्धान गरी इजलासमा उपस्थित हुनुपर्ने बताउनुभएको छ । ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपद्वारा शनिबार काठमाडौंमा आयोजित नवप्रवेशी कानुन व्यवसायीलाई सम्मान तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले कानुन व्यवसायी प्रविधिमैत्रीका साथै आफ्नो पेशाप्रति इमान्दार बन्नुपर्ने बताउनुभयो । सो अवसरमा ३१औँ अधिवक्ता तहको परीक्षामा सर्वोत्कृष्ट हुने ओमप्रकाश घिमिरे, तृतीय हुने दीक्षा खाँण र पहिलो दृष्टिविहीन महिला अधिवक्ता रोशनी अधिकारी तथा प्रशिक्षक एवं सहयोगी अन्यलाई कदरपत्र एवं सम्मानपत्र प्रदान गरिएको थियो । ३१औँ अधिवक्ता तहको परीक्षामा उत्तीर्ण नवप्रवेशी कानुन व्यवसायीलाई सम्मान गरिएको थियो ।
वरिष्ठ अधिवक्ता यदुनाथ खनालले कानुन व्यवसायको सुरुवात, सञ्चालन र व्यवस्थापनका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो भने अधिवक्ता बाबुराम दाहालले कानुन व्यवसायीका अवसर र चुनौती विषयमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण नवप्रवेशी कानुन व्यवसायीलाई सफलताको मार्गमा अघि बढाउन लाभदायी भएको नेपालकी पहिलो दृष्टिविहीन महिला अधिवक्ता रोशनी अधिकारीले बताउनुभयो । ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपका कार्यकारी अध्यक्ष अधिवक्ता हरिप्रसाद डुम्रेले अधिवक्ता तहको परीक्षा तयारी, अन्तर्वार्ता तयारी, नमुना अदालत अभ्यास, गतिशील कानुन व्यवसायी कसरी बन्नेलगायतका कक्षा, तालिम, गोष्ठी सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । निकट भविष्यमा मध्यस्थता तालिम, मेलमिलाप तालिम, मस्यौदा लेखन तथा बहस कला तालिम सञ्चालन गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो । कार्यक्रममा कानुन व्यवसायी, प्रशिक्षक एवं प्रशिक्षार्थी गरी करिब तीन सयजनाको उपस्थिति रहेको आयोजक संस्थाका अध्यक्ष अधिवक्ता डुम्रेले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच