नाफिजमा नयाँ नेतृत्व

Read Time = 1 min

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)मा नयाँ कार्यसमिति चयन भएको छ । बिहीबार सम्पन्न १३औँ वार्षिकोत्सव तथा छैटौँ महासभाले मोदनाथ ढकालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा परमेश्वर अधिकारी र मेनुका कार्की, महासचिवमा नवीन ढुंगाना, सचिवमा दीपक भट्ट र कोषाध्यक्षमा दिलु कार्की निर्वाचित हुनुभएको छ । सदस्यमा निकेश खत्री, विजय पराजुली, सविना कार्की र राजाराम न्यौपाने चयन हुनुभएको नाफिजले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?