बाँस्कोटाको टिप्पणीः ‘रंग फेर्ने प्रतियोगितामा छेपारोले प्रचण्डसँग हार्छ’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले रंग फेर्ने प्रतियोगितामा छेपारोले पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हार्ने टिप्पणी गर्नुभएको छ ।

एमालेसँग सहमति तोडेर राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिए पछि एमाले नेता बास्कोटाले सो टिप्पणी गर्नुभएको छ ।

‘उहिल्यै भन्देको हो- छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ,’ बाँस्कोटले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ ।अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।’

एमालेसँग १० पुसमा भएको सहमति तोडेर अघि बढेका प्रचण्ड प्रति आक्रोशित बाँस्कोटाले एमालेले अब आफनै लयमा हिड्नु पर्ने पनि बताउनुभएको छ । ‘एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ । उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?