स्याङ्जा । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च २०२४ को अवसरमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको उत्कृष्ट महिला सहयोग कार्यक्रम अन्तर्गत सामाजिक अभियन्ता विधातर्फ कमला पराजुली सम्मानित हुनुभएको छ ।
स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नं १ की कमला पराजुली उत्कृष्ट छनोट हुनुभएको हो । उत्कृष्ट हुनुभएकाे पराजुलीलाई आज एक कार्यक्रमका बिचमा गण्डकी प्रदेश मन्त्रालयले सम्मान गरेको छ । उहाँलाई नगद रु ५० हजार र सम्मानपत्र दिइएको छ ।
सामाजिक विकास मन्त्रालय नीति तथा योजना आयोगका सदस्य सुबास अधिकारी, मन्त्रालयका सचिव प्रकाश पौडेल र पत्रकार महासङ्घ कास्कीकी अध्यक्ष विमला भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
पराजुलीले लामो समयदेखि फेदीखोला १ मा अमोर सेवा नामको बालगृह सञ्चालन गरी गरिब तथा असहाय बालबालिकाहरुलाई सहारा दिएकी छिन् । उनको बालगृहमा असहाय बालबालिकाहरुले कक्षा १ देखि स्नातकसम्म पढिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच